अफ्रिकी विकास बैङ्क
From Wikipedia, the free encyclopedia
अफ्रिकी विकास बैङ्क समूह एक बहुपक्षीय विकास वित्तीय संस्था हो जसको मुख्यालय आइभोरी कोस्टको अबिदजानमा सेप्टेम्बर २०१४ देखि रहेको छ। अफ्रिकी विकास बैङ्क अफ्रिकी सरकारहरू र क्षेत्रीय सदस्य देशहरूमा लगानी गर्ने निजी कम्पनीहरूलाई वित्तीय प्रदायक हो।[1]
छरितो तथ्यहरू सङ्क्षिप्त नाम, गठन ...
सङ्क्षिप्त नाम | अविबै |
---|---|
गठन | सेप्टेम्बर १०, १९६४; ५९ वर्ष पहिले (१९६४-०९-10) |
प्रकार | अन्तर्राष्ट्रिय सङ्गठन |
कानुनी वैद्यता | सन्धि |
लक्ष्य | क्षेत्रीय विकास |
प्रधान कार्यालय | अभिजन, आइभरी कोस्ट |
सदस्यता | ८१ देशहरू |
अध्यक्ष | अकिनवुमी अदेसिना |
मुख्य अङ्ग | कार्यकारी सञ्चालक समिति |
कर्मचारी | ३१ डिसेम्बर २०१६ को अनुसार १,५०० |
वेबसाइट | www |
बन्द गर्नुहोस्
अफ्रिकी विकास बैङ्कको स्थापना सन् १९६४ मा अफ्रिकी एकता सङ्गठनद्वारा गरिएको थियो, जुन अफ्रिकी सङ्घको पूर्ववर्ती हो। यस बैङ्कमा अफ्रिकी विकास बैङ्क, अफ्रिकी विकास कोष र नाइजेरिया ट्रस्ट कोष गरी तीन संस्थाहरू रहेका छन्।
बैङ्कको मिशन यस महाद्वीपमा गरिबीसँग लड्नु र जीवनस्तर सुधार गर्नु हो जसले यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा योगदान पुर् याउने परियोजनाहरू र कार्यक्रमहरूमा सार्वजनिक र निजी पूँजीको लगानीलाई बढावा दिन्छ।[2]