आलेक्सान्दर मित्रोभिच
From Wikipedia, the free encyclopedia
आलेक्सान्दर मित्रोभिच (जन्म १६ सेप्टेम्बर १९९४) एक सर्बियाका व्यावसायिक फुटबल खेलाडी हुन् जो प्रिमियर लिग क्लब फुलह्याम र सर्बिया राष्ट्रिय फुटबल टोलीको लगि अग्रपङ्क्तिबाट खेल्छन् ।
व्यक्तिगत जानकारी | |||||||
---|---|---|---|---|---|---|---|
पुरा नाम | आलेक्सान्दर मित्रोभिच[1] | ||||||
जन्म मिति | (1994-09-16) १६ सेप्टेम्बर १९९४ (उमेर २९)[2] | ||||||
जन्म स्थान | स्मेदेरेभो, सर्बिया | ||||||
उचाइ | १.८९ मि[2] | ||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | ||||||
क्लब जानकारी | |||||||
वर्तमान टोली | फुलह्याम | ||||||
सङ्ख्या | ९ | ||||||
युवा करियर | |||||||
सन् २००५–२०११ | पार्तिजान | ||||||
वरिष्ठ करियर* | |||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||
२०११–२०१२ | तेलेओप्तिक | २५ | (७) | ||||
सन् २०१२–२०१३ | पार्तिजान | २८ | (१३) | ||||
सन् २०१३–२०१५ | अँदलेच्त | ६९ | (३६) | ||||
सन् २०१५–२०१८ | न्युक्यासल | ६५ | (१४) | ||||
सन् २०१८ | → फुलह्याम (रिणमा) | १७ | (१२) | ||||
सन् २०१८– | फुलह्याम | ८१ | (३९) | ||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||
२०११–२०१३ | १८ वर्ष मुनि | १३ | (५) | ||||
सन् २०१३–२०१७ | २१ वर्ष मुनि | ५ | (४) | ||||
सन् २०१३– | सर्बिया | ५८ | (३५) | ||||
सम्मान
| |||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २१:१२, ८ अक्टोबर २०२० ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:१२, ७ सेप्टेम्बर २०२० |
पार्तिजानका उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीहरू मध्ये एक, मित्रोभिचलाई अर्को सर्बियाली क्लब तेलेओप्तिकमा ऋणमा आबद्ध गरिएसँगै उनी व्यावसायिक फुटबल खेलाडी बन्न पुगेका थिए जहाँ पछि उनी उक्त क्लबको नियमित खेलाडीको रूपमा मैदान उत्रने गर्दथे। क्लबले सर्बियाली सुपरलिगाको प्रथम संस्करणको उपाधि हात पारेको थियो जसमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
१८ वर्षको उमेरमा, मित्रोभित्रलाई युइएफए पत्रकारहरूको एक चयनद्वारा यूरोपमा १९ वर्ष भन्दा कम उमेरका १० प्रतिभाहरू मध्ये एक को रूपमा नामाङ्कित गरिएको थियो।[3] त्यसपछि उनी बेल्जियमको फुटबल क्लब अँदरलेच्तमा सर्वाधिक धेरै €५० लाखमा आबद्ध भएका थिए भने उनले समग्र दुई संस्करण खेल्दै ९० खेलहरूमा ४४ गोल गरेका थिए। क्लबमा आबद्ध भए लगत्तैको संस्करणमा, क्लबले बेल्जियमी प्रो लिगको उपाधि जित्दा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो जहाँ उनी क्लबको शीर्ष गोलकर्ता बनेका थिए। सन् २०१५ मा, उनलाई £१ करोड ३० लाखमा न्युक्यासल युनाइटेडमा हस्ताक्षर गराइएको थियो। सन् २०१८ मा उनलाई ऋणमा न्युक्यासल बाट फुलह्यामा आबद्ध गराइएको थियो भने उनलाई पछि, क्लबलाई प्रिमियर लिगमा पदोन्नति गर्न मद्दत गरेकोमा स्थायी रूपमा फुलह्यामा सम्मिलित गरिएको थियो।
मित्रोभिचले सन् २०१३ मा भएको १९-वर्ष मुनिको युरोपेली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे बापत, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रूपमा चयन गरिएको थियो। त्यस वर्ष पश्चात्, उनी सर्बियाको प्रतिनिधित्व गर्ने वरिष्ठ खेलाडी बन्न पुगेका थिए जहाँ उनले हालसम्म, देशको तर्फबाट ५० भन्दा बढी उपस्थिति जनाइसकेका छन् भने उनले २०१८ फिफा विश्वकपमा सर्बियाको प्रतिनिधित्व गरेका थिए।