एरिक लामेला
फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
एरिक लामेला (जन्म: ४ मार्च १९९२) एक अर्जेन्टिनी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब टोटनह्याम र अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | एरिक मानुएल लामेला[1] | ||
जन्म मिति | (1992-03-04) ४ मार्च १९९२ (उमेर ३२)[2] | ||
जन्म स्थान | बुयेनोस आइरेस, अर्जेन्टिना | ||
उचाइ | १.८३ मी[3] | ||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति र आक्रामक मध्यपङ्क्ति[4] | ||
क्लब जानकारी | |||
वर्तमान टोली | टोटनह्याम हट्स्पर | ||
सङ्ख्या | ११ | ||
युवा करियर | |||
क्लुब आत्लेतिको रिबेर प्लेत | |||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
सन् २००९–२०११ | क्लुब आत्लेतिको रिबेर प्लेत | ३६ | (४) |
सन् २०११–२०१३ | आएस रोमा | ६२ | (१९) |
सन् २०१३– | टोटनह्याम हट्स्पर | १५७ | (१६) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
सन् २०११–२०१२ | २० वर्ष मुनि | ४ | (३) |
सन् २०११– | अर्जेन्टिना | २५ | (३) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:४१, ४ अक्टोबर २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ०३:४२, २१ नोभेम्बर २०१८ (युटिसी) |
लामेला अङ्ग्रेजी क्लब टोटनह्याम हट्स्पर र अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका आक्रमक मध्यपङ्क्तिका खेलाडी हुन्। सन् २००९ मा लामेलाले १७ वर्षको उमेरमा क्लुब आत्लेतिको रिबेर प्लेत नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त क्लबसँगको २ वर्ष बसाइँमा उनले क्लबका लागि कुल ३६ उपस्थितिहरू जनाएका थिए। सन् २०११ मा उनी इटालेली क्लब रोमामा १ करोड २० लाख को लागतमा आवद्ध भएका थिए। सन् २०११ को सेरिए आको संस्करण पश्चात् उनी प्रिमियर लिग नामक एक अङ्ग्रेजी सर्वोच्च लिगमा प्रतिस्पर्धा गर्ने क्लब टोटनह्याम हट्सपरमा आवद्ध भएका थिए। रोमाका लागि सन् २०११ देखि सन् २०१३ सम्ममा उनले रोमाका लागि कुल ६२ उपस्थितिहरूमा जम्मा १९ गोल गर्न सफल भएका थिए। सन् २०११ मा उनले अर्जेन्टिना २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१५ र सन् २०१६ संस्करणको कोपा आमेरिकामा उनी राष्ट्रिय टोलीको तर्फबाट खेलहरूमा सहभागिता जनाएका थिए भने उक्त दुवै प्रतियोगिताहरूमा राष्ट्रिय टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो।