छुचुन्द्रो
छुचुन्द्रो प्रजातिको जनावर / From Wikipedia, the free encyclopedia
छुचुन्द्रो मुसा जस्तै लामो थुतुनो भएको प्राणी हो। यो विश्वभर सबैभन्दा बढी पाइने जनावरहरू मध्ये एक हो। छुचुन्द्रोको लगभग ३० प्रजातिहरू हुने गरेको छ तर यसमध्ये केही प्रजातिहरूलाई मात्रै सामन्यतया हेर्न सकिन्छ। माटोमुनि बस्ने यो जनावरले समथर र लचिलो माटो पाएको खण्डमा २०० फिट गहिरो सुरुङसम्म खन्न सक्छ। यो जनावरलाई प्रायजसो खेतको वरिपरि हेर्न सकिन्छ। यो जनावर जमिनमुनि किल्लासरहको सुरुङ बनाएर लगभग आफ्नो सम्पूर्ण जीवन जमिनमुनि अँध्यारोमा बिताउने गर्छ। यिनीहरूको बेलनाकार शरीर, नरम भुत्ला तथा साना आँखा र कान हुन्छन्। [2] यिनीहरूको पञ्जा धेरै शक्तिशाली र यसको पञ्जाको आकार कोदालो जस्तो हुन्छ। छुचुन्द्रोद्वारा बनाइएको सुरुङको बनावट एकदमै जटिल हुनेभएकोले अन्य जनावरहरू यसमा जान सक्दैन र कुनै जनावर यसको सुरुङमा पसिहालेपनि त्यो सुरक्षित रहन सक्दैन। छुचुन्द्रो यस्तो भोक्कड जीव हो जसले १२ घण्टासम्म केही खान पाएन भने भोककै कारण मर्छ।[3]
Shrews[1] सामयिक शृङ्खला: Middle Eocene–Recent | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Eulipotyphla |
परिवार: | सोरिसिडे
|
प्रकार वंश | |
Sorex | |
Subfamilies | |
|
छुचुन्द्रो सामयिक शृङ्खला: Middle Eocene–Recent | |
---|---|
घर छुचुन्द्रो | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | स्तनधारी प्राणी |
गण: | Eulipotyphla |
परिवार: | सोरिसिडे
|
उपपरिवारहरू | |
|