डिएगो गोडिन
उरुग्वेका फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
दिएगो रोबेर्ते गोदिन लिल (स्पेनी: Diego Godín) (जन्म: १६ फेब्रुअरी १९८६) उरुग्वेका एक व्यावसायिक फुटबल खेलाडी हुन जो सेरिए आको क्लब काय्यारी र उरुग्वे राष्ट्रिय फुटबल टिमका केन्द्रीय रक्षापङ्क्ति को रूपमा खेल्छन्।[2]
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | दिएगो रोबेर्ते गोदिन लिल | ||
जन्म मिति | (1986-02-16) १६ फेब्रुअरी १९८६ (उमेर ३८) | ||
जन्म स्थान | रोसारीयो, उरुग्वे | ||
उचाइ | १.८५ मिटर[1] | ||
खेल्ने स्थान(हरू) | रक्षापङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | इन्टर मिलान | ||
युवा करियर | |||
टोली | |||
देफेन्सोर | |||
सन् २००६–२००७ | नास्योनाल | २६ | (०) |
सन् २००७–२०१० | भिलारियल सीएफ | ९१ | (४) |
सन् २०१०–२०१९ | एटलेटिको म्याड्रिड | २७७ | (१७) |
सन् २०१९- | इन्टर मिलान | २३ | (१) |
सन् २०२०– | काय्यारी | 1 | (1) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
वर्ष | टोली | उपस्थिति | |
सन् २००५– | उरुग्वे | १३१ | (८) |
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ जुलाई २०१८ |
प्रय: विश्वको एक उत्कृष्ट रक्षापङ्क्तिको खेलाडीको रूपमा बयान गरिएका गोदिनले आफ्नो व्यावसायिक फुटबल खेलजीवन सुरुवात उरुग्वेको सेर्रो नामक एक फुटबल क्लब मार्फत गरेका थिए[3] भने क्लबमा आबद्ध भएको तीन वर्ष पश्चात्, उनलाई प्रिमियरा दिभिसियोमा खेल्ने क्लुब नास्योनाद दे फुतबोल नामक एक फुटबल क्लबमा स्थानान्तरण गरिएको थियो। उनी फुटबल खेलमा आबद्ध भएसँगै लगभग सबैजसो समय स्पेनी क्लब बिलारेआल र आत्लेतिको माद्रिदमा बिताएका थिए जहाँ उनले क्लबहरूको प्रतिनिधित्व गर्दै ८ पटक लिग उपाधि जितिसकेका छन् जसमा सन् २०१३-१४ को ला लिगाको उपाधि समावेश छ।[4][5]
सन् २००५ देखि, उरुग्वे राष्ट्रिय फुटबल टोलीबाट प्रदर्शन गरेका गोदिनले राष्ट्रको प्रतिनिधित्व गर्दै तीनवटा फिफा विश्वकप र पाँचपटक कोपा अमेरिकामा सहभागी भइसकेका छन् जहाँ टोलीले सन् २०११ को कोपा अमेरिकाको उपाधि हात पारेको थियो।[6]