द्विज
व्रतवन्धपश्चात पाउने पद्वी / From Wikipedia, the free encyclopedia
द्विजको अर्थ दुई चोटि जन्म भएको व्यक्ति भन्ने हुन्छ । व्यक्तिको पहिलो शारीरिक जन्मपछि व्रतवन्ध संस्कार प्राप्त गर्नासाथ उक्त व्यक्तिको आध्यात्मिक रूपमा दोस्रो जन्म भएको मानिन्छ । द्विज हुनासाथ त्यस व्यक्तिले वैदिक शिक्षा ग्रहण गर्ने योग्यता प्राप्त गर्दछ ।[1][2] व्रतवन्ध हुनासाथ हरेक व्यक्ति अघोषित रूपमै द्विज तथा तागाधारी बन्दछ । सामान्यतया ब्राह्मण, क्षत्रिय र वैश्य जाति द्विज बन्दछन् ।