नेपालको झन्डा
राष्ट्रिय झण्डा / From Wikipedia, the free encyclopedia
नेपालको राष्ट्रिय झन्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झन्डा हो। यो चारकुने आकार नभएको मात्र दुई सरकारी झन्डा (अर्को झन्डा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) मध्येको एक हो।[2] नेपालको झन्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ। माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सूर्य छ, जसले आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउँछ। निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।[3]
छरितो तथ्यहरू नाम, प्रयोग ...
नाम | त्रिभुज झन्डा, चन्द्र सूर्य, जङ्गी निशान |
---|---|
प्रयोग | राष्ट्रिय झण्डा |
अनुपात | नेपालको संविधान, २०७२ को अनुसूची १ मा विस्तृत रूपमा वर्णन[1] |
अधिग्रहण | २०१९ पुष १ (हालको संस्करण, नेपालको संविधानमा उल्लेखित) |
डिजाइन | दुई रातो अर्ध-त्रिकोणको वरिपरि ठुलो नीलो किनारा भएको अधिव्यापी दायाँ फर्किएका त्रिकोणहरूको अद्वितीय आकारको संयोजन:। सानो माथिल्लो त्रिकोणमा सेतो शैलीकृत चन्द्रमा (तेर्सो अर्ध चन्द्रमा मा उदाउँदो सूर्य) र ठुलो तल्लो त्रिकोणमा सेतो बाह्र-सूचक सूर्य रहेका छन्। |
बन्द गर्नुहोस्