बिली आइलिस
From Wikipedia, the free encyclopedia
बिली आइलिस पाइरेट बेअर्ड ओ'कोनेल (/ˈaɪlɪʃ/ EYE-lish;[1] जन्म डिसेम्बर १८, २००१) एक अमेरिकी गायिका र गीतकार हुन्। उनले सन् २०१५ मा 'ओसन आइज' गीतलाई साउन्डक्लाउडमा अपलोड गरेर पहिलोपटक चर्चामा आएकी थिइन्। यो गीतलाई पछि इन्टरस्कोप रेकर्ड्सको सहायक कम्पनी डार्करुमद्वारा जारी गरिएको थियो। यो गीत उनको दाजु फिनिसले लेख्नुका साथै निर्माण पनि गरेका थिए। बिलीले आफ्नो दाजुसँग साङ्गीतिक प्रस्तुति र प्रत्यक्ष कार्यक्रमहरूमा सहकार्य गर्दै आएकी छिन्। उनको पहिलो इपी, 'डोन्ट स्माइल एट मी' (२०१७), अमेरिका, बेलायत, क्यानाडा र अस्ट्रेलियाको साङ्गीतिक तालिकाको शीर्ष १५ स्थानमा आएको थियो।
छरितो तथ्यहरू बिली आइलिसBillie Eilish, जन्म ...
बिली आइलिस Billie Eilish | |
---|---|
जन्म | बिली आइलिस पाइरेट बेअर्ड ओ'कोनेल (2001-12-18) डिसेम्बर १८, २००१ (उमेर २२) लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
पेशा |
|
कार्यकाल | २०१५-वर्तमान |
मातापिता | म्यागी बेअर्ड (आमा) |
आफन्त | फिनिस ओ'कोनेल (दाइ) |
साङ्गीतिक जीवन | |
विधा |
|
वाद्ययन्त्र | भोकल |
लेबल |
|
सहयोगी | फिनिस ओ'कोनेल |
वेबसाइट | billieeilish |
बन्द गर्नुहोस्