बोन धर्म
From Wikipedia, the free encyclopedia
बोन धर्म (तिब्बती: གཡུང་དྲུང་བོན།, वयली: g.yung drung bon), तिब्बतको प्राचीन र पारम्परिक धार्मिक प्रथा हो। यो प्रथा बौद्ध धर्म भन्दा पहिले देखि तिब्बती संस्कृतिमा प्रचलित रहेको छ। कुनै इतिहासकारहरूको अनुसार बोन धर्मको तत्व तिब्बत मात्रमा सीमित नभई यस धर्मको ऐतिहासिक प्रभाव तिब्बत भन्दा टाढा केहि मध्य एसियाको क्षेत्र सम्म पनि भेटिएको छन्। इतिहासकार बोन धर्मलाई तिब्बती साम्राज्य भन्दा पहिले भएको शङ्शुङ् राज्यबाट पनि सम्बन्धित मानिन्छ।[1][2]