बोरिस येल्तसिन
From Wikipedia, the free encyclopedia
बोरिस निकोलयभिच येल्तसिन (रुसी: Бори́с Никола́евич Е́льцин, आइपिए: [bɐˈrʲis nʲɪkɐˈlaɪvʲɪtɕ ˈjelʲtsɨn] ( सुन्नुहोस्); १ फेब्रुअरी १९३१ – २३ अप्रिल २००७) सोभियत सङ्घ तथा रूसी राजनीतिज्ञ थिए जसले रूसको पहिलो राष्ट्रपतिको रूपमा सन् १९९१ देखि सन् १९९९ सम्मको पदभार सम्हालेका थिए। रूसी महासङ्घका प्रथम राष्ट्रपति बरिस येल्तसिनलाई केही मानिसहरू रूसमा प्रजातन्त्रको जग बसाल्ने महान मसिहाको रूपमा सम्झने गर्दछन्।