हरिमन्दिर साहिब
From Wikipedia, the free encyclopedia
श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब,[1][3]अन्य नाम : दरबार साहिब वा संवरण मन्दिर) एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो ।[4] यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । सिख धर्मालम्बिहरूको लागि स्वर्ण मन्दिर धेरै नै महत्त्वपूर्ण मानिन्छ । सिखहरू बाहेक अरू धेरै श्रद्धालु पनि यहाँ आउने गर्छन्, जसलाई स्वर्ण मन्दिर र सिक्ख धर्ममा अटूट आस्था छ ।[5][6]
हरिमन्दिर साहिब The Harmandir Sahib ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ The Golden Temple | |
---|---|
अन्य नाम | दरवार साहिब |
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | शिख वास्तुकला |
सहर | अमृतसर |
राष्ट्र | भारत |
निर्माणकार्यको थालनी | डिसेम्बर १५८५ |
सम्पन्न | अगस्त १६०४ |