होमियोप्याथी चिकित्सा पद्धती
From Wikipedia, the free encyclopedia
होमियोप्याथी एक छद्म-वैज्ञानिक चिकित्सा पद्धति हो।[1][2][3][4] होम्योपैथी चिकित्सा छद्म-विज्ञानको जन्मदाता जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान हुन्। यो चिकित्सा कथित रूपमा 'समरूपताको सिंद्धात' माथि आधारित छ जसअनुसार औषधिहरू ती रोग संग मिल्दो जुल्दो रोगलाई हटाउन सक्छन्, जसले तीनलाई उत्पन्न गर्छ।[स्रोत नखुलेको]
सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।
विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धती लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्धती राणाकाल मै भित्रिए पनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो । होमियोप्याथिक उपचार पद्धती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।[5]