२१औँ शताब्दी
शताब्दी / From Wikipedia, the free encyclopedia
२१औँ शताब्दी शताब्दीमा इस्वी सम्वत् युगको वर्तमान शताब्दी हो। यो सन् २००१ जनवरी १ मा सुरु भयो र सन् २१०० डिसेम्बर ३१ मा समाप्त हुनेछ।[1] विक्रम सम्वत् पात्रो अनुसार यो वि.सं. २०५७ पौष १७ मा सुरु भएर वि.सं. २१५६ पौष १६मा समाप्त हुनेछ।
२१औँ शताब्दीको सुरुवातमा विश्वव्यापी अर्थतन्त्र र तेस्रो विश्व उपभोक्तावादको उदय र निजी उद्यममा बृद्धि देखिएको थियो। सन् २००१ मा सेप्टेम्बर ११ को हमलाको आतङ्कवादी हमलापछि, आतङ्कवाद विश्वव्यापी चिन्ताको विषय भएको छ।[2][3][4] सन् २००० को दशकको प्रारम्भमा अफगानिस्तान र इराकमा नाटो हस्तक्षेप र सन् २०१० को सुरुवातको अरब वसन्तको समयमा धेरै अरब मुलुकमा शासन परिवर्तन हुँदै अरब राष्ट्रहरूमा मिश्रित परिणामहरू निम्त्याएको थियो जसको परिणामस्वरूप धेरै देशमा गृहयुद्ध तथा राजनीतिक अस्थिरता वृद्धि भएको थियो।[5] संयुक्त राज्य अमेरिका विश्वव्यापी महाशक्तिमा कायम रहेको छ, जबकी चीनलाई अहिले एक उदीयमान महाशक्ति मानिन्छ।
प्रारम्भिक सन् २०२० को दशकको प्रारम्भमा कोभिड-१९ महामारी कारणले विश्वभरिका ५ लाख जनाको मृत्यु भएको थियो। सन् १९३० भीषण मन्दी यता कै ठूलो विश्वव्यापी आर्थिक शिथिलता देखा परेको छ।