रोमन साम्राज्य
From Wikipedia, the free encyclopedia
रोमन साम्राज्य (रोमन: Imperium Romanumcode: la is deprecated , Classical Latin: [ɪmˈpɛri.ũː roːˈmaːnũː]; ढाँचा:Lang-grc-x-koine) (२७ ई.पू. – ४७६ (पश्चिम); १४५३ (पूर्व)) यूरोपको रोम नगरमा केन्द्रित एक साम्राज्य थियो। यस साम्राज्यको विस्तार दक्षिणी यूरोप को साथ साथै उत्तरी अफ्रिका र अनातोलिया क्षेत्र थियो। फारसी साम्राज्य यसको प्रतिद्वन्दी थियो जो युफ्रेटस नदीको पूर्वमा स्थित थियो। रोमन साम्राज्यमा अलग-अलग स्थानमा ल्याटिन र यूनानी भाषा बोलिन्थ्यो र सन् १३० मा यस साम्राज्यले ईसाई धर्मलाई राजधर्म घोषित गरेको थियो।
यो साम्राज्य विश्वको सबैभन्दा विशाल साम्राज्यहरु मध्ये एक थियो। पाँचौ शताब्दीको अन्तसम्ममा यस साम्राज्यको पतन भयो र इस्तान्बुल (कन्स्टेन्टिनोपल) यसको पूर्वी शाखाको राजधानीमा सन् १४५३ मा उस्मान (ऑटोमन तुर्क) ले यसमाथि अधिकार गरे। यो यूरोपको इतिहास र संस्कृतिको एक महत्त्वपूर्ण अङ्ग हो।