अरब सागर
समुद्र / From Wikipedia, the free encyclopedia
अरब सागर उत्तरी हिन्द महासागरको एक क्षेत्र। यसको उत्तरमा पाकिस्तान, इरान र ओमानको खाडी, पश्चिममा अदनको खाडी, ग्वार्दाफुई जलपथ र अरब प्रायद्वीप, दक्षिणपूर्वमा लक्ष्यद्वीप सागर[1] र माल्दिभ्स, दक्षिण-पश्चिममा सोमालिया, र पूर्वमा भारतले घेरेको छ। यसको कुल क्षेत्रफल ३,८६२,००० वर्ग किलोमिटर (१,४९१,००० वर्ग माइल) र अधिकतम गहिराइ ४,६५२ मिटर (१५,२६२ फिट) रहेको छ।[2] पश्चिममा अदनको खाडीले अरब सागरलाई बाब-अल-मान्देबको जलसन्धि हुँदै लाल सागरसँग जोडेको छ, र ओमानको खाडी उत्तर-पश्चिममा रहेको छ, जसले यसलाई फारसको खाडीसँग जोड्दछ।
छरितो तथ्यहरू अरब सागर, स्थान ...
अरब सागर | |
---|---|
स्थान | सोमाली प्रायद्वीप, पश्चिमी एसिया र दक्षिण एसिया |
निर्देशाङ्क | १४°उ॰ ६५°पू॰ |
प्रकार | सागर |
मूल भाग | हिन्द महासागर |
प्रवाहित राष्ट्रहरू | भारत इरान माल्दिभ्स ओमान पाकिस्तान सेसेल्स सोमालिया श्रीलङ्का यमन |
अधिकतम चौडाइ | २,४०० किमी (१,५०० माइल) |
सतहको क्षेत्रफल | ३८,६२,००० किमी२ (१४,९१,००० वर्ग माइल) (३,६००,००० देखि ४,६००,००० वर्ग किलोमिटर विभिन्न स्रोतहरूमा) |
अधिकतम गहिराइ | ४,६५२ मी (१५,२६२ फिट) |
टापुहरू | अस्तोला टापु, बसभराज दुर्गा टापु, लक्ष्यद्वीप, मसिराह टापु, पिरम टापु, पिरोटन, सुकुत्रा |
बन्द गर्नुहोस्