कबड्डी
From Wikipedia, the free encyclopedia
कबड्डी वा कपर्ती खेल दक्षिण एसियामा विशेष लोकप्रियता कमाएको खेल हो भने दक्षिण भारत बाट यो खेलको सुरुवात भएको मानिन्छ । पश्चिम भारततिर "हु तु तु ...", पूर्वी भागमा "हा डु डु...", दक्षिण भारतमा "च्नेदुगु..." नामले खेलिने यो खेललाइ नेपालका अधिकांश ग्रामीण क्षेत्रमा कपर्ती वा हु तु तु भनिन्छ भने यस्का नियम र अाैपचारीक नाम लीपीबद्ध गरीएपछि अाैपचारीक रुपमा कबड्डी भन्न थालीएको हो । नेपाल तथा बङ्गलादेशको यो राष्ट्रिय खेल पनि हो साथै यो भारतको तमिलनाडु, महाराष्ट्र, बिहार, आन्ध्र प्रदेश, तेलङ्गाना र पञ्जाब राज्यको राज्य खेल पनि हो ।[1]