छुर्पी
From Wikipedia, the free encyclopedia
छुर्पी सुकेको पनीर अथवा चीज (Cheese)को एउटा प्रकार हो जुन पूर्वको हिमालमा विख्यात छ। शेर्पाहरू छुर्पीलाई शेर्कम भन्ने गर्छन। [1] यसलाई भुटानमा जोंग्खा भाषामा दुरुकोवा वा दुरुखो भन्छन्।[2] छुर्पी याक वा चौरी गाइको दुधबाट बनाईने गरिन्छ। [3] यसलाई बनाउनु अलिक मुश्किल हुन्छ। यसलाई स्थानिय डेरी (Dairy) वा घरमा तयार गरिन्छ। यो महिबाट निकालेको कुरौनीले तयार गरिन्छ जसलाई सर्जम भनिन्छ। सर्जमलाई जुटको झोलामा बेरेर कस्सेर थिचेर पानी निचोरेर बनाईने गरिन्छ त्यस पछि यसलाई सुकायेर पनीर जस्तै बनाईन्छ अन्तिममा यसलाई स-साना टुकडाहरूमा काटेर चुलोमाथि झुंडायेर सुकाईने गरिन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू उत्पत्ति स्थान, मुख्य सामग्रीहरू ...
उत्पत्ति स्थान | मध्य एशिय |
---|---|
मुख्य सामग्रीहरू | चौरीगाईको दूध |
बन्द गर्नुहोस्