ट्वान्टी वान पाइलट्स
From Wikipedia, the free encyclopedia
ट्वान्टी वान पाइलट्स, एक अमेरिकी राज्य कोलम्बस, ओहायोको एक साङ्गीतिक समूह हो। समूहको स्थापना सन् २००९ मा, प्रमुख गायक टाइलर जोसेफको साथ निक थोमस र क्रिस सालिहले गरेका थिए जहाँ दुबैले सन् २०११ मा, यस समूह छोडोका थिए। उनीहरूको प्रस्थान पश्चात्, समूह ड्रम बाधक जोस डनको साथ पुनर्गठित भएको थियो। यस समूह उनीहरूको "स्ट्रेस्ट्ड आउट", "राइड" र "हेथेन्स" लगायतका गीतहरूको लागि परिचित छ। समूहले उनीहरूको गीत "स्ट्रेस्ट्स आउट"को तर्फबाट ५९औँ वार्षिक ग्रामी पुरस्कार समारोहमा, श्रेष्ठले पप जोडी/सामूहिक प्रस्तुति बिधामा पुरस्कार प्राप्त गरेको थियो।
ट्वान्टि वान पाइलट्स | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | कोलम्बस ओहायो, अमेरिका |
विधा |
|
सक्रिय वर्ष | सन् २००९–हाल |
लेबल |
|
वेबसाइट | twentyonepilots |
सदस्यहरू | |
| |
पूर्व सदस्य(हरू) | |
|
समूहले सन् २०१२ मा, फ्युल्ड बाई रामेन नामक एक रेकर्ड लेबलसँग हस्ताक्षर गर्नु पूर्व, स्वतन्त्र रूपमा दुई गिती सङ्ग्रहहरू जारी गरेको थियो जसमा स्वयम् शीर्षक ट्वान्टी वान पाइलट्स (सन् २००९) र रिजनल एट बेस्ट (सन् २०११) समावेश छ। लेबलमा आबद्ध भएको समूहले सन् २०१३ मा, उनीहरूको पहिलो गिती सङ्ग्रह, "भेसल" जारी गरेको थियो। जोडीले उनीहरूको चौथो गिती सङ्ग्रह, ब्लरीफेस जारी गरेसँगै प्रमुख सफलता हात पार्न सफल भएको थियो जहाँ यसले "स्ट्रेस्ट्ड आउट" र "राइड" लगायतका चर्चित गीतहरू बजारमा ल्याएको थियो।[1][2] समूहको यस प्रस्तुति सफल बनेको थियो जहाँ यसले उनीहरूको इतिहासमै पहिलो पटक यसमा समावेश प्रत्येक गीतले अमेरिकाको रेकर्डिङ उद्योग सङ्घबाट कम्तिमा स्वर्ण प्रमाणपत्र प्राप्त गरेको थियो।उनीहरूले पछि, हेथेन्स नामक गीत सार्वजनिक गरेका थिए जसले समूहलाई संयुक्त राज्य अमेरिकामा दुई समवर्ती शीर्ष दस एकलको लागि पहिलो वैकल्पिक पप कलाकारको रूपमा उभ्याएको थियो।[3] जोडीले ५ अक्टोबर २०१८ मा, उनीहरूको पाँचौँ गिती सङ्ग्रह, ट्रेन्च सार्वजनिक गरेका थिए। उनीहरूको चर्चित गीत "स्ट्रेस्ट्ड आउट"ले हालसम्म युट्युबमा दुई अर्ब भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।