डेभिड लुइस
ब्राजिलका फुटबल खेलाडी / From Wikipedia, the free encyclopedia
डेभिड लुइस (जन्म : २२ अप्रिल १९८७) (सुन्नुहोस्) ब्राजिलका एक व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल अङ्ग्रेजी क्लब आर्सनल र ब्राजिल राष्ट्रिय फुटबल टिमका लागि केन्द्रीय र रक्षात्मक मध्यपङ्क्तिको रूपमा खेल्ने गरेका छन्।[4][5]
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | डेभिड लुइस् मररी मोरिन्हो[1] | ||
जन्म मिति | (1987-04-22) २२ अप्रिल १९८७ (उमेर ३७)[2] | ||
जन्म स्थान | साओ पाउलो, ब्राजिल | ||
उचाइ | १.८९ मि[3] | ||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | फेलेमिग्नो | ||
सङ्ख्या | २३ | ||
युवा करियर | |||
१९९९–२००१ | साओ पाउलो | ||
२००१–२००५ | बितोरिया | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००६–२००७ | बितोरिया | २६ | (१) |
२००६ | → एस.एल.बेनिफीका (ऋणमा) | १० | (०) |
२००७–२०११ | एस.एल.बेनिफीका | ७२ | (४) |
२०११–२०१३ | चेल्सी | ८१ | (६) |
२०१४–२०१६ | पारी साँ-जेरमाँ | ५६ | (३) |
२०१६– | चेल्सी | ७९ | (५) |
२०१९ - २०२१ | आर्सनल | ५३ | (३) |
२०२१- | फेलेमिग्नो | १ | (०) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२००७ | ब्राजिल २० वर्ष मुनी | २ | (०) |
२०१०–२०१७ | ब्राजिल | ५७ | (३) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:५५, ७ मार्च २०२० (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२ फेब्रुअरी २०१८ |
सन् २००६ मा लुइसले एक ब्राजिली फुटबल क्लब बितोरिया मार्फत फुटबल कार्यकालको सुरुवात गरेका थिए। उक्त क्लबमा केही वर्षसम्म आवद्ध भएपछि उनी बेनिफिका नामक एक व्यावसायिक फुटबल क्लबमा स्थानान्तरण भएका थिए जहाँ उनले उक्त क्लबका लागि पाँच वर्ष फुटबल खेलेका थिए। सन् २०११ मा लुइसले एक बहुप्रतिष्ठित फुटबल क्लब चेल्सीसँग आवद्ध भएका थिए भने सोही वर्ष चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो भने अर्को वर्ष उक्त क्लबले युइएफए युरोपन लिग पनि जित्न सफल भएको थियो। सन् २०१४ मा उनी फ्रान्समा आधारित पारी साँ-जेरमाँ नामक एक फुटबल क्लबसँग ५ करोड युरोमा आवद्ध भएका थिए भने सोही वर्ष उक्त क्लबले चार घरेलु प्रतियोगिताहरू जित्न सफल भएको थियो। सन् २०१६ मा उनी पुनः चेल्सी फुटबल क्लबमा फिर्ता भएका थिए।[6][7][8][9]
सन् २०१० मा लुइसले ब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका थिए भने हालसम्म उनले राष्ट्रिय टोलीका लागि ५० भन्दा बढी उपस्थिति जनाइसकेका छन्। सन् २०१३ ब्राजिल राष्ट्रिय फुटबल टोलीले फिफा कन्फेडेरेसन कप जित्न सफल हुँदा र सन् २०१४ को फिफा विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्दा उनी राष्ट्रिय फुटबल टोलीमा अटाएका थिए भने उनले कोपा अमेरिकाको दुई संस्करणहरूमा पनि राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए।