द्रौपदी मुर्मु
भारतकी १५ औं राष्ट्रपति / From Wikipedia, the free encyclopedia
द्रौपदी मुर्मु (जन्म २० जुन १९५८) एक भारतीय राजनीतिज्ञ हुन् जसले २०२२ देखि भारतको १५औँ र वर्तमान राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। भारतीय जनता पार्टी की सदस्य [1] रहेकी उनी अनुसूचित जनजातीबाट भारतको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति र प्रतिभा पाटिलपछि यो पदमा बस्ने दोस्रो महिला हुन्। मुर्मु सन् १९४७ मा भारतको स्वतन्त्रतापछि जन्मेर राष्ट्रपति पदमा निर्वाचित बन्ने पहिलो व्यक्ति हुन्।[2] राष्ट्रपति हुनु अघि उनले सन् २०१५ देखी २०२१ सम्म झारखण्डको नबौँ गभर्नरको रूपमा, सन् २००० देखि २००४ सम्म ओडिशा सरकारको [3] विभिन्न विभागहरूमा सेवा गरेकी थिइन्। राजनीतिमा प्रवेश गर्नु अघि, उनले १९७९ देखि १९८३ सम्म राज्य सिँचाइ र उर्जा विभागमा कनिष्ठ सहायकको रूपमा काम गरिन्, र त्यसपछि १९९७ सम्म रैरंगपुरको श्री [4] एकीकृत शिक्षा केन्द्रमा शिक्षिकाको रूपमा काम गरेकी थिइन्।
द्रौपदी मुर्मु | |
---|---|
१५औँ भारतको राष्ट्रपति | |
पद बहाली २५ जुलाई २०२२ | |
प्रधानमन्त्री | नरेन्द्र मोदी |
उपराष्ट्रपति | बैङ्कैया नायडू |
पूर्वाधिकारी | राम नाथ कोविन्द |
९औँ झारखण्डका राज्यपाल | |
कार्यकाल १८ मे २०१५ – १२ जुलाई २०२१ | |
मुख्यमत्री |
|
पूर्वाधिकारी | सैयद अहमद |
उतराधिकारी | रमेश बैस |
राज्यमंत्री, ओडिशा सरकार | |
कार्यकाल ६ मार्च २००० – ६ अगस्त २००२ | |
व्यक्तिगत विवरण | |
जन्म | (1958-06-20) २० जुन १९५८ (उमेर ६५) उपरबेदा, मयुरभञ्ज जिल्ला उडीसा, भारत मयुरभंज जिल्ला, उडीसा, भारत |
राजनीतिक दल | भारतीय जनता पार्टी |
जीवन साथी | श्यामचन्द्र मुर्मु
( वि १९७६; मृत्यु २०१४) |
जीवनवृति | शिक्षिका |
द्रौपदी मुर्मुको जन्म सन् १९५८ जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको रैरङपुरको बैदापोसी क्षेत्रमा सन्थाली परिवारमा भएको थियो।[5][6] उनका बुबा बिरांची नारायण टुडु र हजुरबुबा दुवै पञ्चायती राज प्रणाली अन्तर्गत सरपंचका रूपमा निर्वाचित भएका थिए।[7]। मुर्मुले रमा देवी महिला कलेजबाट कलामा स्नातक गरेकी छिन्।[8]। उनका पति श्याम चरण मुर्मुको सन् २०१४ मा मृत्यु भैसकेको छ। उनीहरूका ३ सन्तान मध्ये दुई छोराको मृत्यु भइसकेको छ, र अहिले एउटी छोरी इतिश्री मुर्मु छिन्। द्रौपदीले सन् २००९ देखि २०१५ सम्म [9] सात वर्षको अवधिमा श्रीमान्, दुई छोरा, आमा र एक भाइ गुमाउनु पर्यो [10]। मुर्मु ब्रह्मा कुमारी सँग आध्यात्मिक रूपमा जोडिएकी छन्।[11]