नेयोमी (कुस्ती खेलाडी)
From Wikipedia, the free encyclopedia
ट्रिनिटी फटु (जन्म: ३० नोभेम्बर १९८७) एक अमेरिकी व्यवसायीक महिला कुस्ती खेलाडी तथा नर्तक हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी नेयोमी नामले कुस्ती खेल्ने गर्छिन्। उनले आफ्नो डब्ल्युडब्ल्युई कुस्ती कार्यकाल अन्तर्गत दुईपटक स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन्।[7]
नेयोमी | |
---|---|
वास्तविक नाम | ट्रिनिटी मेक्यारी |
जन्म | (1987-11-30) ३० नोभेम्बर १९८७ (उमेर ३६) सानफोर्ड फ्लोरिडा, अमेरिका |
जीवनसाथी(हरू) | जिमी उसो ( वि २०१४) |
परिवार | एनोआई परिवार |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | एफएस फ्लोरिडा[1] नेयोमी[2][3] नेयोमी नाइट[4] ट्रिनिटी मेक्यारी[1] |
उचाई | ५ फिट ५ इन्च (१६५ सेमी)[5] |
तौल | १२५ पाउन्ड (८ स्टोन १३ पाउन्ड; ५७ किग्रा)[6] |
उत्पत्ति | ओर्लान्डो, फ्लोरिडा[5] |
प्रशिक्षक | फ्लोरिडा च्याम्पियनसिप रेस्लिङ र[6] |
पदार्पण | ३ सेप्टेम्बर २००९[6] |
सन् २००९ मा फटुले वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्टसँगको (डब्ल्युडब्ल्युई) आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र फ्लोरिडा च्याम्पियनसिप रेस्लिङमा आवद्ध भएकी थिइन् भने उनले उक्त पदोन्नति अन्तर्गत पहिलो एफसीडब्ल्यू डिभास विजेता बन्न सफल भएकी थिइन्। सन् २०१० मा नेयोमीले एनएक्सटीको तेस्रो संस्करणमा पनि भाग लिएकी थिइन् जहाँ उनी दोस्रो हुन सफल भएकी थिइन्। सन् २०१२ मा उनले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् जहाँ उनले क्यामेरुनसँग सहकार्य गर्दै द फङ्कडाक्टल्स नामक एक टोलीको गठन गरेका थिए। सन् २०१३ जुलाई देखि नेयोमी डब्ल्युडब्ल्युई द्वारा प्रसारण तथा निर्माण गरिने टोटल डिभासका विभिन्न संस्करणहरूमा पनि देखा परेकी छिन्। सन् २०१७ का नेयोमीले डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला उपाधि जित्न सफल भएकी थिइन् जुन खेल इलिमिनेसन चेम्बरमा आयोजना गरिएको थियो जसले गर्दन उनी स्म्याकडाउन महिला उपाधि जित्न पहिलो अफ्रिकी अमेरिकी महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्। नोयोमीलाई खुट्टामा चोट लागेका करण उनले स्म्याकडाउन महिला उपाधि छाडेकी थिइन् तर उनले पछि उक्त उपाधि सन् २०१७ मा आयोजित रेसलमेनिया ३३ मा पुनः हासिल गर्न सफल भएकी थिइन् भने उनले पहिलो रेसलमेनिया महिला ब्याटल रोयल पनि जित्न सफल भएकी थिइन्।