फिफा विश्वकप
देशहरू बीच खेलिने फुटबल खेलको सबैभन्दा ठूलो प्रतिस्पर्धा / From Wikipedia, the free encyclopedia
विश्वकप फुटबल एक फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४-४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरक फरक राष्ट्रहरूमम आयोजना हुने गर्दछ । सन् १९३०बाट सुरू भएको यस प्रतियोगिता हरेक चार चार वर्षमा आयोजना गर्ने गरी निर्णय गरिएता भनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन । यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिले सर्वाधिक पाँच पटक फिफा विश्वकप जिति फुटबल जगत् आफूलाई सर्वमान तुल्याउन सफल भएको छ । यस्तै अन्तिम पटक भएको विश्वकप भने फ्रान्सले जितेको थियो । यो फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया रहेको थियो ।
स्थापना | सन् १९३० |
---|---|
समूह सङ्ख्या | ३२ (फाइनल) २०४ (२०१० को छनोटबाट) |
वर्तमान विजेता | अर्जेन्टिना (३ औंं उपधि) |
सबैभन्दा सफल टोली | ब्राजिल (५ औंं उपधि) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०२२ फिफा विश्वकप |
विश्वकप फुटबल प्रतियोगिताहरू | |
---|---|
यस प्रतियोगिताको वर्तमान संरचना अनुसार सुरूमा लगभग तीन वर्ष लगाएर प्रतियोगिताको फाइनल चरणका लागि विभिन्न छनोट चरणका खेल तथा प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ । बल्ल ३२ छनोट चरणहरू पार गर्ने राष्ट्रहरूका बिचमा विश्वकप प्रतियोगिता सञ्चालन हुने गर्दछ । फाइनल चरणमा पुग्ने एउटा टिम भने आयोजकका हैसियतले सिधै छनोट चरणका नखेली फाइनल चरणमा स्थान बनाउँदछ । अहिलेसम्म २१ वटा विश्वकपमा प्रतियोगिताहरू सञ्चालन भइसकेका छन् । जसमा जम्मा ८ राष्ट्रहरूले मात्र विश्वकप जित्न सफल भएको छ । सर्वाधिक धेरै ५ पटक फिफा विश्वकप राष्ट्र ब्राजिल मात्र विश्वकपमा एउटा यस्तो राष्ट्र हो जसले विश्वकपका सम्पुर्ण संस्करणहरू अथवा २१ वटै विश्वकपका संस्करणहरूमा सहभागीता जनाएको छ । अन्य विजेताहरूमा दुई विजेता इटाली र जर्मनीले विश्वकप चारचार पटक जितेका छन् । अनि अर्जेन्टिना, फ्रान्स तथा उरूग्वेले दुईदुई पटक विश्वकप जितेका छन्, भने इंग्ल्याण्ड तथा स्पेनले पनि यो फिफा विश्वकप एक-एक पटक जितेको छ ।
फिफा विश्वकप प्रतियोगिता विश्वमा सधै भन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । साथै ओलम्पिक खेल पछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवम् सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद प्रतियोगिता हो । अझ २००६ फिफा विश्वकपको फाइनल खेल मात्र २६.२९ विलियन दर्शकले खेल प्रत्यक्ष रंगशालामा पुगेर तथा विश्वभर ७१५.१ मिलियन दर्शकले हेरेका थिए ।
हालसम्म जम्मा १७ फरकफरक राष्ट्रहरूले मात्र फिफा विश्वकपको आयोजना गरेको छ । जसअन्तर्गत ब्राजिल, फ्रान्स, इटाली, जर्मनी तथा मेक्सिकोले दुईदुई पटक तथा उरूग्वे, स्वीजदल्याण्ड, स्वीदेन, चिली, इङ्ल्यान्ड, अर्जेन्टिना, स्पेन, संयुक्त अमेरिका, जापान र दक्षिण कोरिया (संयुक्त), दक्षिण अफ्रिका र रसियाले एकएक पटक विश्वकप आयोजना गरेको थियो । यस्तै कतार भने आउदो विश्वकप २०२२ फिफा विश्वकपका आयोजकका रूपमा रहेको छ । भने त्यसपछि को विश्वकप २०२६ फिफा विश्वकपका लागि भने क्यानडा, संयुक्त राज्य अमेरिका तथा मेक्सिकोलाई संयुक्त रूपमा विश्वकपको आयोजनाका लागि अधिकार दिइएको छ । यो विश्वकपनै पहिलोपटक एकै पटक तीन राष्ट्रहरूले आयोजना गर्न लागेको फिफा विश्वकप हुनेछ ।
यस प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा 'इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन'- एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्विडेन र स्विट्जरल्यान्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था 'अन्तराष्ट्रिय फुटबल महासङ्घ' -फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।
विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्यो, हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो । अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारयिोमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।
पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्याइयो । पुनः १९९८ को १६ औँ संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।