बङ्गलादेशका उपराष्ट्रपतिहरूको सूची
From Wikipedia, the free encyclopedia
बङ्गलादेशको उपराष्ट्रपति (बङ्गाली: বাংলাদেশের উপরাষ্ট্রপতিদের তালিকা, बङ्गाली उच्चारण:बाङ्लादेशेर उपोराष्ट्रोपोतिदेर तालिका) बङ्गलादेशको राष्ट्रपति शासित शासन व्यवस्था प्रणाली अन्तर्गत पर्ने दोस्रो सर्वोच्च संवैधानिक पद हो। राष्ट्रपतिको पदत्याग, निष्कासन वा मृत्युको स्थितिमा उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति बन्ने प्रणाली रहेको छ। बङ्गलादेशको पहिलो उपराष्ट्रपति सैयद नजरुल इसलाम थिए जसले बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा यस पदको सपथ ग्रहण गरेका थिए भने अन्तिम उपराष्ट्रपति शाहाबुद्दीन आहमेद थिए।
जनप्रजातान्त्रिक बङ्गलादेशको उपराष्ट्रपति | |
---|---|
सम्बोधन | महामान्य |
निवास | राष्ट्रिय भवन जमुना शेयार सडक, रमना, ढाका |
नियुक्तिकर्ता | बङ्गलादेशका राष्ट्रिपति |
गठन | १७ अप्रिल १९७१ |
प्रथम धारक | सैयद नजरुल इसलाम |
अन्तिम धारक | शाहाबुद्दिन आहमेद |
खारेज | ६ डिसेम्बर १९९० |
यस पदलाई पहिलो पटक सन् १९७१ मा बङ्गलादेशको अन्तरिम सरकारद्वारा बनाइएको थियो भने सन् १९७७ मा यस पदलाई सरकारद्वारा मान्यता प्रदान गरिएको थियो। सन् १९८२ सैन्य जन आन्दोलन पश्चात् यस पदलाई सरकारद्वारा खारेज गरिएको थियो भने अन्तिममा सन् १९९० डिसेम्बर ६ का दिन संविधानको १२औँ संशोधनमा पदलाई समाप्त गरिएको थियो।