ब्यालेस्टिक क्षेप्यास्त्र
From Wikipedia, the free encyclopedia
प्राविधिक दृष्टिकोणमा, ब्यालेस्टिक क्षेप्यास्त्र वा ब्यालिस्टिक मिसाइल भन्नाले प्रक्षेपण पथ सब-आर्बिटल ब्यालिस्टिक पथ हुने क्षेप्यास्त्रलाई बुझिन्छ। यसको उपयोग कुनै पनि हतियार (प्राय: आणविक हतियार/ परमाणु बम) लाई कुनै पूर्वनिर्धारित लक्ष्यमाथि प्रहार गर्नको लागि गरिन्छ। यो मिसाइल आफ्नो प्रक्षेपणको प्रारम्भिक चरणमा नै केवल गाइड गरिन्छ; त्यसपछिको पथ कक्षीय यान्त्रिकी (अर्थात आर्बिटल मेकानिक्स) को सिद्धान्त तथा ब्यालिस्टिक्स सिद्धान्तद्वारा निर्धारित हुन्छ। अहिलेसम्म यसलाई रासायनिक रकेट इञ्जनद्वारा प्रोपेल गरिन्छ।