मरिन ले पेन
From Wikipedia, the free encyclopedia
मारियन एनी पेरीन " मरिन " ले पेन ( फ्रान्सेली: [maʁin lə pɛn] ; जन्म ५ अगस्ट १९६८), (कहिलेकाहीँ उनको नामको पहिलो अक्षर MLP द्वारा उल्लेख गरिन्छ) एक फ्रान्सेली वकिल तथा राजनीतिज्ञ हुन् । उनी हाल २०२२को फ्रान्सेली राष्ट्रपति चुनावको दोस्रो चरणमा दुई उम्मेद्वार मध्ये एक हुन्। उनले २०११ देखी २०२१ सम्म नेसनल र्याली पार्टी (जसलाइ पहिले नेसनल फ्रन्ट भनिन्थ्यो )को अध्यक्षको रूपमा सेवा गरे। उनी २०१७ देखि पास-डे-कैलासको ११ औं निर्वाचन क्षेत्रको राष्ट्रिय सभा सदस्य बनेकी छिन्। उनलाई राजनीतिक स्पेक्ट्रममा उग्र दक्षिण पन्थी स्थानमा राखिएको छ। । [1] [2] [3] [4]
ले पेनले आफ्नो छविलाई नरम बनाउन अभियानको नेतृत्व गरेको छिन्, [5] जसमा नस्लवाद, सेमिटिज्म वा पेटेनवादको आरोप लागेका सदस्यहरूको निष्कासन सिमित गर्ने समावेश छन् । उनले आफ्ना बुबाले नयाँ विवादास्पद बयान दिएपछि अगस्ट २०१५ मा आफ्ना बुबालाई पार्टीबाट निष्कासन गरिन्। [6] [7] समलिङ्गी विवाहको विरोध, बिना शर्त गर्भपतनको विरोध र मृत्युदण्डको समर्थन जस्ता नीतिलाई खारेज गरेर पार्टीको छबी सुर्धार्दै गर्दा, ले पेनले अझै पनि कडा आप्रवासी विरोधी, राष्ट्रवादी र संरक्षणवादी उपायहरू जस्ता आफ्नो पार्टीका धेरै ऐतिहासिक नीतिहरूलाई विशेष ध्यान दिएर वकालत गर्छिन्। [8] [9] [10]
उनी आर्थिक राष्ट्रवादको पक्षमा छिन्, सरकारको हस्तक्षेपकारी भूमिकाको पक्षमा छिन् र विश्वव्यापीकरण र बहुसांस्कृतिकताको विरोधी छिन्।
ले पेनले अध्यागमनलाई सीमित गर्न, धार्मिक वधमा प्रतिबन्ध लगाउने र खतनाको वैधानिकतालाई प्रतिबन्ध लगाउन समर्थन गर्दछ। [11] अमेरिकी र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) नीतिको आलोचक मानिने पेनले फ्रान्सलाई उनीहरूको प्रभाव क्षेत्रबाट हटाउने वाचा गरेकी छिन्। [12] ले पेनले विगतमा भ्लादिमिर पुटिन र रुसको सहयोगी टिप्पणीहरू गरेका छन्, सन् २०२२ युक्रेनमा रूसी आक्रमणको अघि नजिकको सहयोगको वकालत गर्दै; उनले युक्रेन युद्धको कडा निन्दा गरे, तर यदि यो समाप्त भयो भने रसिया " फेरि फ्रान्सको सहयोगी बन्न" सक्ने कुरा बताइन् । [13]
ले पेनलाई टाइम्स म्यागजिनले सन् २०११ र २०१५ मा विश्वका १०० प्रभावशाली व्यक्तिहरूमध्ये एकको रूपमा चित्रण गरेको थियो। [14] २०१६ मा, उनलाई पोलिटिकोले युरोपेली संसदको अध्यक्ष मार्टिन शुल्ज पछि, युरोपेली संसदमा दोस्रो-सबैभन्दा प्रभावशाली युरोपेली संसद सदस्यको श्रेणीमा राखेको थियो । [15]