महानतम भारतीय
सर्वेक्षण / From Wikipedia, the free encyclopedia
महानतम भारतीय (अङ्ग्रेजी: The Greatest Indian) सिएनएन आइबिएन र हिस्ट्री च्यानलसँगको साझेदारीमा रिलायन्स कम्युनिकेसन्सद्वारा प्रायोजित र आउटलुकद्वारा आयोजित सर्वेक्षण थियो । सन् २०१२ सालको जून देखि अगस्ट सम्म आयोजित यस सर्वेक्षणसँग सम्बन्धित कार्यक्रम टेलिभिजनमा प्रसारण गरिएको थियो । ११ अगस्टमा बाबासाहेब आम्बेडकरलाई यस सर्वेक्षणमा विजयी घोषणा गरिएको थियो ।[1]
"आजको भारत सन् १९४७ मा स्वतन्त्रता पाएको भारतको तुलनामा अत्यन्तै परिवर्तित छ । लाखौँ भारतीयका योगदानका कारणले यस राष्ट्र अहिलेको स्थानमा पुग्न सफल भएको छ । यो सर्वेक्षण स्वतन्त्र भारतमा सबैभन्दा बढी योगदान पुर्याउने ती एक व्यक्ति पत्ता लगाउने प्रयास हो ।"[2]