वार्तालाप:मूत्रमार्गको सङ्क्रमण
From Wikipedia, the free encyclopedia
मूत्रमार्ग संक्रमण (युटिआई) ब्याक्टेरिया निर्मित संक्रमण हो जसले मूत्रमार्ग को निश्चित भागलाई संक्रमण गर्दछ। जब यसले तल्लो मूत्रमार्गलाई प्रभावित गर्छ यसलाई सामान्य मूत्राशय सोथ (मूत्रथैलीको संक्रमण) भनिन्छ र जब यसले माथिल्लो मूत्रमार्गलाई प्रभावित गर्छ यसलाई यलोनेफ्राइटिस (मृगौलाको संक्रमण) भनिन्छ। तल्लो मूत्रमार्गको संक्रमणमा पिसाब फेर्दा पीडा हुने र बारम्बार पिसाब फेर्ने इच्छा हुने (वा दुवै), पर्दछन् जबकी यलोनेफ्राइटिसमा तल्लो यूटीआइका लक्षणहरू सँगै ज्वरो र पार्श्व भागको दुखाइ पर्दछन्। बृद्ध र धेरै कम उमेरका मानिसहरूमा, लक्षण अष्पष्ट वा अनिश्चित हुन सक्छ। दुवै प्रकारका संक्रमणहरूको मुख्य कारक एजेन्ट एस्केरीशिया कोली हो, यद्यपि अन्य ब्याक्टेरिया, भाइरसहरू वा फङ्गाइ पनि कहिलेकाहीं यसका कारण हुन सक्छन्।
मूत्रमार्गको सङ्क्रमण |
---|
मूत्रमार्गको संक्रमण पुरुषहरूको तुलनामा महिलाहरूमा आम रुपमा हुने गर्दछ, आधा जति महिलाहरूलाई उनीहरूको जीवनमा कम्तिमा पनि एकपटक हुने गर्दछ। संक्रमण फेरी-फेरी हुनु सामान्य कुरा हो। जोखिम कारकहरूमा महिला शरीर रचना विज्ञान, यौन सम्बन्ध र परिवारको इतिहास पर्दछन्। यलोनेफ्राइटिस भएपछि मात्र, सामन्यतया मूत्रथैली संक्रमण हुने गर्दछ तर रक्त निर्मित संक्रमणको कारणबाट पनि हुनसक्छ। स्वस्थ युवा महिलामा निदान केवल लक्षणहरूको आधारमा मात्र गर्न सकिन्छ। तीनिहरू जसमा अस्पष्ट लक्षणहरू हुन्छन्, निदान कठिन हुनसक्छ किनभने ब्याक्टेरियाहरू संक्रमण नभइकन पनि उपस्थित हुन सक्छन्। जटिल मामिलाहरूमा उपचार असफल हुँदा, एउटा मूत्र कल्चर उपयोगी हुनसक्छ। बारम्बार संक्रमणहरू हुने मानिसहरूमा, प्रतिजैविक हरूको हल्का खुराकलाई निवारक उपायको रुपमा उपयोग गर्न सकिन्छ।
गैर जटिल मामिलाहरूमा, एन्टिबायोटिकहरूको छोटो प्रक्रियाद्वारा मूत्रमार्ग संक्रमणहरूलाई सजिलै उपचार गरिन्छ, यद्यपि यस स्थितिमा उपचारको लागि प्रयोग गरिने थुप्रै एन्टिबायोटिकहरूमा प्रतिरोध बढीरहेको छ। जटिल मामिलाहरूमा, लमो प्रक्रिया वा अन्तरशिरीय एन्टिबायोटिकहरूको आवश्यकता पर्नसक्छ, र यदि लक्षणहरू दुई वा तीन दिनमा सुधार भएन भने, अतिरिक्त नैदानिक परिक्षणको आवश्यकता पर्नसक्छ। महिलाहरूमा, ब्याक्टेरिया निर्मित संक्रमणहरूको सबैबन्दा सामान्य अवस्था मूत्रमार्ग संक्रमणहरू हुन् किनभने वार्षिक १०% महिलाहरूमा मूत्रमार्ग संक्रमणहरू विकसित भइरहेका हुन्छ।