सन् २०१८ पाकिस्तानी आम निर्वाचन
From Wikipedia, the free encyclopedia
पाकिस्तानमा २५ जुलाई २०१८ मा १५औँ राष्ट्रिय सभा र चार प्रदेश सभाका सदस्यहरूको निर्वाचनका लागि आम निर्वाचन भएको थियो। इमरान खान नेतृत्वको पाकिस्तान तहरिके इन्साफ (पिटिआई), शहबाज शरिफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग (नुन) र बिलावल भुट्टो जरदारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी तीन प्रमुख दल थिए। पिटिआईले राष्ट्रिय सभामा सबैभन्दा बढी सिट जितेको थियो तर बहुमत भन्दा कम भएको थियो। यस पार्टीले पछि धेरै साना पार्टीहरूसँग गठबन्धन सरकार गठन गरेको थियो। प्रदेश स्तरमा, दल खैबर पख्तुनख्वामा सबैभन्दा ठूलो पार्टीको रूपमा रहेको थियो। पाकिस्तान पिपुल्स पार्टीले सिन्धमा आफ्नो प्रभुत्व कायम राखेको थियो भने नवगठित बलुचिस्तान अवामी पार्टी बलुचिस्तानमा सबैभन्दा ठूलो पार्टीको रूपमा उदाएको थियो। पञ्जाबमा त्रिशङ्कु संसदको नतिजा आएको थियो जसमा पाकिस्तान मुस्लिम लिग (नुन)ले सबैभन्दा बढी सिट जितेको थियो। तथापि, धेरै स्वतन्त्र सांसदहरू पिटिआईमा सामेल भएपछि, उत्तरार्द्ध सबैभन्दा ठूलो पार्टी बन्दै सरकार गठन गर्न सक्षम भएको थियो।
| |||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय सभाका सबै ३४२ सिटहरू १७२ बहुमतका लागि आवश्यक सिट | |||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुल मतदान | ५१.७%[1] (३.३ प्रतिशत अङ्क) | ||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||
|
चुनाव प्रचार अभियान सुरु हुनु अघि गरिएको जनमत सर्वेक्षणमा सुरुमा पाकिस्तान मुस्लिम लिग (नवाज)ले पाकिस्तान तहरिके इन्साफको भन्दा बढी अग्रता लिएको देखिएको थियो। यद्यपि, ११ अङ्कको अग्रताबाट, पाकिस्तान मुस्लिम लिग (नवाज)को अग्रता अभियानको अन्तिम हप्ताहरूमा कम हुन थालेको थियो। चुनाव नजिकका केही सर्वेक्षणहरूले पिटिआईलाई सीमान्त तर बढ्दो अग्रताको साथ देखाएको थियो। निर्वाचनको पूर्वसन्ध्यामा न्यायपालिका, सेना र गुप्तचर निकायले चुनावको परिणामलाई पाकिस्तान तहरिके इन्साफको पक्षमा र पाकिस्तान मुस्लिम लिग (नवाज)को विपक्षमा प्रभाव पार्न केही पूर्व धाँधली गरेको हल्ला चलेको थियो।[2][3] यद्यपि, रोयटर्सको सर्वेक्षणले पाकिस्तान मुस्लिम लसग (नुन) को अग्रता वास्तवमै चुनावको दौडान सङ्कुचित भएको र पार्टीले "एक पछि अर्को झट्का" भोगेको थियो जसले पुन: चुनावको परिणामा धक्का पुर्याएको थियो।[4]
निर्वाचन पछि पाकिस्तान तहरिके इन्साफले ३२ प्रतिशत मत प्राप्त गरेको थियो (यसको स्थापनापछिको सबैभन्दा बढी मत), जबकि पाकिस्तान मुस्लिम लिग (नवाज) ले २४ प्रतिशत मत प्राप्त गरेको थियो। चुनावपछि पाकिस्तान मुस्लिम लिग (नवाज) लगायत ६ वटा प्रमुख दलले चुनावमा धाँधली र प्रशासनिक रूपमा धाँधली भएको दाबी गरेका थिए।[5][6][7] पाकिस्तान तहरिके इन्साफका अध्यक्ष इमरान खानले चुनावलगत्तै आफ्नो मन्त्रिमण्डलको घोषणा गर्दै गठबन्धन सरकार गठन गरेका थिए।[8] नवगठित गठबन्धन सरकारमा मुत्ताहिदा कौमी मुभमेन्ट र पाकिस्तान मुस्लिम लिग (कायद) का सदस्यहरू पनि सामेल भएका थिए।[9]
मतदान प्रक्रियाको सन्दर्भमा पाकिस्तानको निर्वाचन आयोग ले धाँधलीलाई अस्वीकार गरेको थियो र निर्वाचन निष्पक्ष र स्वतन्त्र भएको बताएको थियो। एक शीर्ष चुनावी निगरानी संस्था, स्वतन्त्र र निष्पक्ष निर्वाचन सञ्जाल (फाफेन)ले पनि पाकिस्तानमा सन् २०१८ को आम निर्वाचन अघिल्लो चुनावको तुलनामा "केही पक्षमा अधिक पारदर्शी" भएको बताएको थियो।[10][11][12] यसको प्रारम्भिक प्रतिवेदनमा, युरोपेली सङ्घ निर्वाचन पर्यवेक्षण अभियानले सामान्यतया निर्वाचनको दिनमा कुनै धाँधली नदेखिएको बताएको थियो, तर समानताको कमीकमजोरी फेला पारेको थियो[13] र सन् २०१३ पाकिस्तानी आम निर्वाचनमा भन्दा बढी प्रक्रियाको आलोचना गरेको थियो।[14][15]
पाकिस्तानमा हालै प्रजातन्त्रमा प्रवेश गरेको यो लगातार तेस्रो निर्वाचन पनि हो, जहाँ लोकतान्त्रिक ढङ्गबाट सत्ता हस्तान्तरण भएको थियो।[16] निर्वाचनको एक दिन पछि, परिणाममा आपत्तिको बावजुद, पाकिस्तान मुस्लिम लिग (नवाज)ले हार स्वीकार गरेको थियो। पाकिस्तानको निर्वाचन आयोगले धाँधलीको प्रतिवेदनलाई अस्वीकार गर्दै आफ्नो स्थिति दोहोर्याको थियो।[17] सन् २०१३ मा ५५.०% मत खसेको थियो भने सन् २०१८ मा यसमा ह्रास आउँदै ५१.७% मा झरेको थियो।[18]
खानले पाकिस्तान मुस्लिम लिग (नुन) भन्दा बढी निर्वाचित उम्मेदवारहरूलाई आफ्नो पार्टीमा आकर्षित गर्न सक्षम भएको दाबी गरेका थिए, जसले गर्दा चुनावी असमानता थियो भन्ने सुझावहरू आएका थिए।[19] यद्यपि, नवगठित विपक्षीदलले संसद् बहिस्कार नगर्ने निर्णय गरेका थिए र संसदीय सहभागिताद्वारा निर्वाचन प्रक्रियालाई वैधता प्रदान गरेका थिए।[20][21][22] प्रक्रियागत त्रुटिका कारण सुरुमा १४ निर्वाचन क्षेत्रमा पुनः मतगणनाको आदेश दिइएको थियो।[23] यसबाहेक, निर्वाचन आयोगले ७० निर्वाचन क्षेत्रहरूमा पुन: गणनाको नेतृत्व गरेको थियो।[24] यी पुन: गणनाहरूको समापन पछि, आयोगले एक सीट सङ्ख्या प्रकाशित गरेको थियो जसले पाकिस्तान तहरिके इन्साफ [राष्ट्रिय सभा (पाकिस्तान)|राष्ट्रिय सभा]]मा सबैभन्दा ठूलो पार्टी भएको स्थितिलाई पुष्टि गरेको थियो। पञ्जाबको चुनावको लागि खानको पिटिआई र पाकिस्तान मुस्लिम लिग (नवाज) बीच अन्तर कम थियो, तर स्वतन्त्र र पाकिस्तान मुस्लिम लीग (कायद) गुटहरूले सङ्घीय विजेता पिटिआईलाई समर्थन गरेका थिए, जसको कारण खानको पार्टीले पञ्जाबमा पनि सरकार बनाएको थियो।[25] यसरी पाकिस्तान मुस्लिम लिग (नवाज) ले प्रादेशिक र सङ्घीय दुवै स्तरमा चुनाव हार्दै प्रतिपक्षमा सीमित भएको थियो।[26] शहबाज शरिफलाई सङ्घीय स्तरमा प्रतिपक्ष दलको नेतामा मनोनीत गरिएको थियो[27] र उनका छोरा हम्जा शाहबाजलाई पञ्जाबमा प्रतिपक्ष दलको नेताको रूपमा मनोनीत भएका थिए।[28]