सिग्नल इडुना पार्क
From Wikipedia, the free encyclopedia
सिग्नल इडुना पार्क (जर्मनेली भाषा:Signal Iduna Park) डिसेम्बर २००५ सम्म वेस्टफालिया वा वेस्टफाल्नस्टेडियनको नामले पनि चिनिने, जर्मनीको उत्तरी राइन राज्यको डर्टमन्ड सहरमा अवस्थित एक अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला हो। लिग चरणका खेलका लागि यस रङ्गशालाको दर्शक क्षमता ८१,३६५ (उठेर र बसेर) रहेको छ जसमा जर्मनीका बहुचर्चित लिगहरू जस्तै बुन्डेसलिगा र डिएफबी कप समावेश छ।[5] यो युरोपको सातौँ ठूलो र जर्मनीको सबैभन्दा ठूलो रङ्गशाला पनि हो। अन्तर्राष्ट्रिय खेलहरूका लागि यस रङ्गशालाको दर्शक क्षमता ६६,८२९ (बसेर) मात्र छ।[2][3] अन्तर्राष्ट्रिय स्तरमा यस रङ्गशालामा युइएफए च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न खेलहरू सञ्चालित भएका थिए। यो रङ्गशाला सन् १९७४ देखि जर्मनीको फुटबल क्लब बोरुसिया डर्टमन्डको गृह मैदान पनि हो र यसले विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरू जस्तै १९७४ विश्वकप फुटबल र २००६ विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ। यो जर्मनी राष्ट्रिय फुटबल टोलीको पनि गृह मैदान हो।[6]
वेस्टफाल्नस्टाडियोन बिभिबी स्टेडियन डर्टमन्ड (युइएफए प्रतिस्पर्धाहरू) | |
पुरा नाम | सिग्नल इडुना पार्क |
---|---|
पूर्व नाम | वेस्टफाल्नस्टाडियोन फिफा विश्वकप रङ्गशाला डर्टमन्ड (२००६ फिफा विश्वकप) |
स्थान | डर्टमन्ड, उत्तरी राइन, जर्मनी |
मालिक | बोरुसिया डर्टमन्ड जिएमबिएच एन्ड कम्पनी केजिए[1] |
परिचालक | डर्टमन्ड जिएमबिएच एन्ड कम्पनी केजिए |
कार्यकारी कक्ष | ११ |
दर्शक क्षमता | ८१,३६५ (गृह खेलहरू),[2] ६५,८२९ (अन्तर्राष्ट्रिय खेलहरू)[3] क्षमता इतिहास
|
उपस्थिति कीर्तिमान | ८३,००० |
मैदान आकार | १०५ × ६८ मी (३४४ × २२३ फिट) |
निर्माण | |
निर्माण | सन् १९७१–१९७४ |
खुला | २ अप्रिल १९७४ |
मर्मत सम्भार | सन् १९९२, सन् १९९५–९९, सन् २००२–०३, सन् २००६ |
निर्माण लागत | दोएच्स मार्क ३२.७ मिलियन (सन् १९७४) अनुमानित € २०० मिलियन (सन् २००६) |
वास्तुकार | प्लानुङ्गस्ग्रुप्पे द्राथलर |
भाडावाल | |
बोरुसिया डर्टमन्ड (सन् १९७४–हाल) जर्मनी राष्ट्रिय फुटबल टोली (छनोट खेलहरू) |