सेन्ट पिटर्सवर्ग
From Wikipedia, the free encyclopedia
सेन्ट पिटर्सवर्ग ,[lower-alpha 1] पहिले पेट्रोग्राद (१९१४-१९२४) र सेन्ट पिटर्सवर्ग (१९२४-१९९१) नामले परिचित ; see below), रुसको दोस्रो ठुलो सहर हो। यो बाल्टिक समुद्रको फिनल्याण्ड खाडीको नभा नदीको किनारामा अवस्थित छ । सन् २०२१ सम्ममा यस सहरको लगभग ५.६ मिलियन बासिन्दाहरूको जनसंख्या थियो।[2] सेन्ट पिटर्सबर्ग युरोपको चौथो-सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो, बाल्टिक सागरमा रहेको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर र १० लाखभन्दा बढी बासिन्दाहरूको विश्वको उत्तरी सहर हो।
मे १६, १७०३ मा तत्कालिन रुसी शासक (जार) पिटर पिटर महानले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याएर सेन्ट पिटर्सवर्गको निर्माण शुभारम्भ गरेका यो शहर तत्कालिन जारको संरक्षक सेन्ट पिटरको नाउँबाट राखिएको थियो। फ्रान्सेली, जर्मन र इटालेली वास्तुकारहरूले दक्ष रूसी समकालीनहरूसित मिलेर निर्माण गरेको यस सहर लाई विश्वकै उत्कृष्ट शहर मानिन्छ।
सत्रौँ शताब्दीको अन्तसम्म रूसको समुद्रतिर जाने बाटो नभएकोले यसको विकासमा बाधा पुगेको थियो। रूसको जवान जार, पिटर द ग्रेट अर्थात् महान् पिटरको सपना समुद्रको बाटो खोलेर रूसको “युरोप हेर्ने झ्याल” स्थापना गर्ने थियो। दक्षिणमा ब्ल्याक सी जाने बाटोलाई ओटोमन साम्राज्यले रोकेको थियो। त्यसकारण पिटरले बाल्टिक समुद्रको सिमानामा स्विडेन अधीनस्थ उत्तरी इलाकातर्फ ध्यान दिन थाले।आफ्नो सपना साकार पार्न अगस्त १७०० मा पिटरले स्विडेन विरुद्ध युद्ध घोषणा गरे। तिनका सैन्य प्रयासहरूको सुरुमा प्रतिरोध गरिए तापनि तिनले हार खाएनन्। नोभेम्बर १७०२ सम्ममा पिटरले लेक लाडोगाबाट स्विडेनीहरूलाई फर्कन बाध्य बनाइसकेका थिए। यो युरोपको सबैभन्दा ठूलो ताल, नेभा नदीबाट ६० किलोमिटर पर बाल्टिक समुद्रमा जोडिएको छ।