२०१४ फिफा विश्वकप
From Wikipedia, the free encyclopedia
२०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच सञ्चालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रूपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।
कोपा डु मुन्डो डा फिफा ब्राजिल २०१४ | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | ब्राजिल |
मिती | १२ जुन- १३ जुलाई |
जम्मा टिम सङ्ख्या | ३२ (५ संघहरूबाट) |
मैदान | १२ (१२ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | जर्मनी (४औँ उपाधि) |
उप विजेता | अर्जेन्टिना |
तेस्रो स्थान | नेदरल्यान्ड |
चौथो स्थान | ब्राजिल |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | ६४ |
हानिएको गोल | १७१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ३,४२९,८७३ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | हामेस रोद्रिगेस (६ गोल)[1] |
उत्कृष्ट खेलाडी | लियोनेल मेस्सी |
उत्कृष्ट युवा खेलाडी | पल पोग्बा |
उत्कृष्ट गोलरक्षक | म्यानुअल न्युएर |
← २०१० २०१८ → |
३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी गोल लाईन प्रविधि को प्रयोग गरियो ।
संचालक राष्ट्र सहित बिगतका सन् १९३० देखिका विश्वकप बिजेता राष्ट्र (उरुग्वे, इटाली, जर्मनी, संयुक्त अधिराज्य, अर्जेन्टिना, फ्रान्स तथा स्पेन) पनि यस विश्वकपको लागि छनौट भइसकेका छन् । स्पेन पछिल्लो २०१० फिफा विश्वकप को बिजेता राष्ट्र हो, उसले फाइनलमा नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो ।