२०२१-२०२२ रुस-युक्रेन सङ्कट
From Wikipedia, the free encyclopedia
सन् २०२१ को मार्च र अप्रिलमा रुसले युक्रेनसँगको सीमा नजिकै हजारौँ सैन्य कर्मचारी र उपकरणहरू जम्मा गर्न थालेको थियो। यो सन् २०१४ मा क्रिमियालाई विलय पछिको उच्चतम बल परिचालन हो।[29][30] यसले युरोपमा एक अन्तर्राष्ट्रिय सङ्कट निम्त्याउँदै सम्भावित आक्रमणको चिन्ता उत्पन्न गरेको थियो। उपग्रह इमेजरीमा हतियार, क्षेप्यास्त्र र अन्य भारी हतियारहरूको चाल देखिएको थियो। जुनमा यी सेनालाई आंशिक रूपमा हटाइएको थियो।[31] अक्टोबर र नोबेम्बरमा यो सङ्कट पुनः सुरु हुन पुगेको थियो भने डिसेम्बरसम्ममा १ लाख रुसी सैन्य फेरी सीमामा एकत्रित भएका थिए।[32]
सन् २०२१-२०२२ रुस-युक्रेन सङ्कट | |||||||
---|---|---|---|---|---|---|---|
रुस-युक्रेन युद्धको भाग | |||||||
| |||||||
सङ्कटमा संलग्न पक्षहरू | |||||||
मान्यता नपाएका पक्ष:
|
हतियार आपूर्तिकर्ता:
| ||||||
सेनापतिहरू | |||||||
|
| ||||||
शक्ति | |||||||
|
जारी सङ्कट २०१४ मा सुरु भएको रुस-युक्रेनी युद्धबाट उत्पन्न भएको हो। डिसेम्बर २०२१ मा, रुसले दुईवटा मस्यौदा सन्धिअघि बढायो, जसमा युक्रेन भविष्यमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (NATO) मा सामेल नहुने कानुनी रूपमा बाध्यकारी वाचा, पूर्वी युरोपमा राखिएका नेटो सेना र उपकरण हटाइनु पर्ने बुँदालाई "सुरक्षा ग्यारेन्टी" भनेर उल्लेख गरिएको थियो। रुसले यदि ती मागहरू पूरा नभए सैन्य प्रतिक्रियाको धम्की पनि दियो। नेटोले ती अनुरोध अस्वीकार गर्यो र अमेरिकाले रूसलाई युक्रेनमा थप आक्रमण गरेमा "छिटो र गम्भीर" आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दियो।[33]
केही टिप्पणीकारहरूले यस सङ्कटलाई शीतयुद्ध पछिको सबैभन्दा तनावपूर्ण घटनाको रूपमा वर्णन गरेका छन्।[34][35][36]