अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची
From Wikipedia, the free encyclopedia
सन् १९६४ मा स्थापना भएको सङ्कटग्रस्त प्रजातिहरूको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची, जैविक प्रजातिहरूको विश्वव्यापी संरक्षण स्थितिको विश्वको सबैभन्दा व्यापक सूची हो। यसले हजारौँ प्रजाति र उप-प्रजातिहरूको लोपोन्मुख मूल्याङ्कन गर्न मापदण्डको प्रयोग गर्दछ। यी मापदण्डहरू सबै प्रजाति र संसारका सबै क्षेत्रहरूसँग सान्दर्भिक छन्। यसको बलियो वैज्ञानिक आधारसँग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची जैविक विविधताको स्थितिका लागि सबै भन्दा अधिक प्राधिकृत सहयोगीको रूपमा मान्यता प्राप्त गरेको छ। क्षेत्रीय रातो सूचीको एक शृङ्खला देश या सङ्गठनले उत्पादन गर्दछ जसले एक राजनीतिक व्यवस्थापन एकाई भित्र प्रजातिहरूको लोप जोखिमको आकलन गर्दछ।
प्रधान कार्यालय | संयुक्त अधिराज्य |
---|---|
सेवा क्षेत्र | विश्वव्यापी |
आधिकारिक भाषा | अङ्ग्रेजी |
मूल सङ्गठनहरू | अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ |
सम्बद्धता | स्पिसिज सर्भाइभल कमिसन, बर्डलाइभ इन्टरनेसनल, संरक्षण अन्तर्राष्ट्रिय, नेचर सर्भ, बोटानिक गार्डेन्स कन्जरभेसन इन्टरनेसनल, रोयल बोटानिक गार्डेन्स, सिड्नी, टेक्सस ए एण्ड एम युनिभर्सिटी, रोमको स्यापिएन्जा विश्वविद्यालय, जुलोजिकल सोसाइटी अफ लन्डन , वाइल्ड स्क्रिन |
वेबसाइट | www |
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीले हजारौँ लोपोन्मुख प्रजाति र उप-प्रतिहरूको मूल्याङ्कन गर्न सटीक मापदण्डमा तयार गर्दछ। यी मापदण्डहरू सबै प्रजाति र संसारका सबै क्षेत्रहरूसँग सान्दर्भिक छन्। यसको उदेश्य सार्वजनिक जनसमुदाय र नीति निर्माताहरूको संरक्षणको मुद्दा तीब्रताका साथ व्यक्त गर्नुका साथ साथै अन्तर्राष्ट्रिय समुदायलाई प्रजातिहरूको लोप हुनबाट बचाउनु पनि हो। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (१९९६) का अनुसार, रातो सूचीको औपचारिक लक्ष्य निम्नलिखित छन्, (१) प्रजाति र उप-प्रजातिहरूको वैश्विक स्तरमा स्थितिको वैज्ञानिक आधारभूत जानकारी प्रदान गर्नु, (२) सङ्कटग्रस्त विविधताको परिमाण र महत्त्वमा ध्यान आकर्षित गर्न, (३) राष्ट्रिय र अन्तर्राष्ट्रिय नीति र निर्णय बनाउने प्रभाव पार्न र (४) जैविक विविधता संरक्षणको लागि कार्वाहीको मार्गदर्शनको लागि जानकारी प्रदान गर्नु हो।[1]