देश
From Wikipedia, the free encyclopedia
देश वा राष्ट्र राजनीतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । एक शब्दकोष अनुसार कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता रहेको जमीन नै देश हो । सामान्य प्रचलनमा यस शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) र राज्य (एक राजनीतिक अस्तित्व) दुवैलाई जनाउँछ । विश्वमा अनेक देशहरू छन् ।