नेपाल सरकार
नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार / From Wikipedia, the free encyclopedia
नेपाल सरकार नेपालको कार्यकारी निकाय र केन्द्रीय सरकार हो। सन् २००६ मा नेपाली राजतन्त्रको उन्मूलन हुनु अघि (सन् २००८ मा नेपालमा गणतन्त्रको स्थापना भएको थियो) नेपाल सरकारलाई आधिकारिक रूपमा श्री ५ को सरकार भनेर चिनिन्थ्यो।
छरितो तथ्यहरू निकाय विवरण, अधिकार क्षेत्र ...
नेपालको झण्डा | |
निकाय विवरण | |
---|---|
अधिकार क्षेत्र | सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
प्रधान कार्यालय | सिंहदरबार, काठमाडौँ |
मन्त्री | |
निकाय कार्यकारी | |
वेबसाइट | नेपाल.गव.एनपी |
बन्द गर्नुहोस्
वर्तमान व्यवस्था अनुसार नेपाल सरकारको राष्ट्रप्रमुखको जिम्मेवारी राष्ट्रपतिको हुन्छ भने कार्यकारी प्रमुखको पदमा प्रधानमन्त्री आसिन रहन्छन्। राष्ट्रपतिको भूमिका धेरै हदसम्म औपचारिक हुन्छ किनभने सरकारको कामकाज पूर्णतया संसदद्वारा नियुक्त प्रधानमन्त्रीद्वारा व्यवस्थित हुन्छ। संवैधानिक निकायका प्रमुखहरूको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने गर्छन् भने नेपालको प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्ताको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ।