पृथ्वीको वायुमण्डल
पृथ्वीको वरिपरी रहेको वायुको तह / From Wikipedia, the free encyclopedia
पृथ्वीलाई जल मण्डल, भू मण्डल र वायु मण्डल गरी ३ भागहरूमा विभाजन गरिएको छ । पृथ्वीको वरिपरि रहेको हावाको बाक्लो तहलाई वायुमण्डल भनिन्छ । यो नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड, जलवाष्प तथा धुलाका कणहरूको समिश्रण हो । वायु मण्डल पृथ्वीको गुरुत्वाकर्षण शक्तिको कारण अस्तित्वमा रहेको छ ।वायु मण्डलको तापक्रम तथा आद्रतामा परिवर्तन हुँदा यसले जीवहरूको जीवन पद्धतिमा प्रतिकूल असर पार्छ ।
पृथ्वीको सतहबाट माथितिर उचाइ बढ्दै जादा वायु मण्डलीय तहको घनत्व पनि घट्दै जान्छ । वायुमण्डलमा विभिन्न ग्यासहरूको उपस्थितिको कारण सौर्यताप सञ्चय भइरहन्छ । वायु मण्डलीय तहको घनत्व, उचाइ र तापक्रमको आधारमा यसलाई छ तहमा विभाजन गर्न सकिन्छ । ती निम्न प्रकार छन् :
- निम्न मण्डल
- समताप मण्डल
- मध्य मण्डल
- तापीय मण्डल
- बाहिरी मण्डल