फारसी भाषा
From Wikipedia, the free encyclopedia
फारसी (فارسی), इरान, ताजकिस्तान, अफगानिस्तान र उज्बेकिस्तानमा बोलिने एक भाषा हो। यो यी तीन देशहरूको राज्यभाषा हो र यो भाषा ७.५ करोड मानिसले प्रयोग गर्दछन्। भाषा सम्बन्धी परिवारको दृष्टिले यो हिन्द यूरोपीय परिवारको हिन्द इरानी शाखाको इरानी उपशाखाको सदस्य हो र यसमा क्रियापद वाक्यका अन्तमा आउँछ। फारसी संस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दु (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन्। यो फारसी-अरबी लिपिमा लेखिन्छ। अङ्ग्रेजहरूको आगमनभन्दा पहिला भारतीय उपमहाद्वीपमा फारसी भाषालाई दरबारी काम तथा लेखनको भाषाका रूपमा प्रयोग गरिन्थ्यो। दरबारमा प्रयुक्त हुनाको कारण नैं अफगानिस्तानमा यस भाषालाई दारी भनिन्छ।
छरितो तथ्यहरू पारसी, उच्चारण ...
पारसी | |
---|---|
فارسی | |
उच्चारण | [farˈsi] |
मूलभाषी | इरान, अफगानिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, र बहराइन। यसको साथै इरानी, अफगानी, उज्बेकिस्तानी, र ताजिकिस्तानी डायस्पोरा समुदायद्वारा संयुक्त राज्य अमेरिका, पाकिस्तान, रूस, जर्मनी, क्यानडा, तुर्कमेनिस्तान, फ्रान्स, स्पेन, स्वीडेन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, कतार, भारत, इजरायल, ब्राजिल र टर्कीमा समेत बोलिन्छ। |
क्षेत्र | मध्यपूर्व, केन्द्रीय एसिया |
मातृभाषी वक्ता | लगभग ५६,०००,००० मातृभाषी (सन् २००६ को अनुमान) |
भारोपेली भाषा परिवार
| |
सरकारी दर्जा | |
नियामक संस्था | फारसी भाषा तथा साहित्य एकेडेमी अफगानिस्तान विज्ञान एकेडेमी |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | fa |
आइएसओ ६३९-२ | per (B) fas (T) |
आइएसओ ६३९-३ | विविध:fas – Persianprs – पूर्वी फारसीpes – पश्चिमी फारसीtgk – Tajikaiq – Aimaqbhh – Bukharicdeh – Dehwaridrw – Darwazihaz – Hazaragijpr – Dzhidiphv – Pahlavani |
बन्द गर्नुहोस्