रनिल विक्रमासिङ्घे
From Wikipedia, the free encyclopedia
रनिल विक्रमासिंघे, MP (सिंहली: රනිල් වික්රමසිංහcode: si is deprecated , तमिल: ரணில் விக்ரமசிங்க; जन्म : २४ मार्च १९४९) ९ जनवरी १९१५ देखि बहाल रहेका श्रीलङ्का का प्रधानमन्त्री हुन् । १९९४ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी १९७७ देखि प्रतिनीधि सदस्य रहेका थिए । उनी युनाइटेड नेसनल मोर्चाका नेता समेत हुन् र २००९ अक्टोबरमा उनी उक्त गठबन्धनको नेता चयन भएका थिए ।[1]
रनिल विक्रमासिङ्घे संसद सदस्य | |
---|---|
श्रीलङ्काका प्रधानमन्त्री | |
कार्यकाल ९ जनवरी २०१५ विवादित with महिन्दा राजपाक्ष २६ अक्टोबर २०१८ – २१ नोबेम्बर २०१९ | |
राष्ट्रपति | मैत्रीपाला सिरिसेना |
पूर्वाधिकारी | डी.एम. जयेरत्ने |
कार्यकाल ९ डिसेम्बर २००१ – ६ अप्रिल २००४ | |
राष्ट्रपति | चन्द्रिका कुमारातुंगा |
पूर्वाधिकारी | रत्नासिरी विक्रेमनायाके |
उतराधिकारी | महिन्दा राजपाक्ष |
कार्यकाल ७ मे १९९३ – १९ अगस्ट १९९४ | |
राष्ट्रपति | डी.बि. विजेतुंगा |
पूर्वाधिकारी | डी.बि. विजेतुंगा |
उतराधिकारी | चन्द्रिका कुमारातुंगा |
प्रतिपक्षी नेता | |
कार्यकाल २२ अप्रिल २००४ – ९ जनवरी २०१५ | |
राष्ट्रपति | चन्द्रिका कुमारातुंगा महिन्दा राजपाक्ष |
प्रधानमन्त्री | महिन्दा राजापक्ष रत्नासिरी विक्रेमनायाके डी.एम. जयेरत्ने |
पूर्वाधिकारी | महिन्दा राजपाक्ष |
उतराधिकारी | निमल सिरिपाला डे सिल्भ |
कार्यकाल २८ अक्टोबर १९९४ – १० अक्टोबर २००१ | |
राष्ट्रपति | चन्द्रिका कुमारातुंगा |
प्रधानमन्त्री | सिरिमावो बन्दरानाइके रत्नासिरी विक्रेमनायाके |
पूर्वाधिकारी | Gamini Dissanayake |
उतराधिकारी | Ratnasiri Wickremanayake |
युनाइटेड नेअसनल पार्टीका नेता | |
पद बहाली १९९४ | |
सहायक | Sajith Premadasa Karu Jayasuriya |
पूर्वाधिकारी | डी.बि. विजेतुंगा |
व्यक्तिगत विवरण | |
जन्म | रनिल विक्रमासिंघे (1949-03-24) २४ मार्च १९४९ (उमेर ७५) कोलम्बो |
राजनीतिक दल | युनाइटेड नेसनल पार्टी |
जीवन साथी(हरू) | Maitree Wickremasinghe |
अभिभावक | एस्मोन्ड विक्रमासिंघे (पिता) |
मातृ शिक्षाप्रतिष्ठान | रोयल कलेज,कोलम्बो कोलम्बो विश्वविद्यालय |
जीवनवृति | वकिल |
वेबसाइट | आधिकारिक वेवसाइट |
विक्रमासिंघे यस अघि ७ मे १९९३ देखि १९ अगस्ट १९९४ सम्म र ९ डिसेम्बर २००१ देखि ६ अप्रिल २००४ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनी १९९४ नोबेम्बरमा गमिनी दासनाइके को १९९४ राष्ट्रपति निर्वाचनको दौरान हत्या भए पछि पार्टी नेता छानिएका थिए ।[2] ८ जनवरी २०१५ मा उनी राष्ट्रपति मैत्रीपाला सिरिसेना बाट प्रधानमन्त्री नियुक्त भए जसले २०१५ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति महिन्दा राजपाक्ष लाई पराजित गारेका थिए ।[3]
विक्रमासिंघे को गठबन्धन, सुशासन को लागि युनाइटेड नेसनल मोर्चा , ले २०१५ को संसदीय निर्वाचनमा १०६ सिट मा जीत हासिल गरेको थियो । यो बहुमतको लागि अपर्याप्त भए पनि श्रीलङ्का फ्रिडम पार्टीका ३५ सदस्यले समर्थन गरे पछि उनी प्रधानमन्त्री निर्वाचित भएका थिए ।[4][5] २६ अक्टोबर २०१८ मा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेको सरकार भंग गरि पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे। [6] याले गर्दा श्रीलङ्कामा संबैधानिक संकट सिर्जना भयो ।