वाइन
अङ्गुरबाट बनाइएको रक्सी पेय / From Wikipedia, the free encyclopedia
सोझो अर्थमा बुझ्ने हो भने वाइन भनेको जाँड हो । नेपाली समाजमा चलन चल्तीमा रहेको अन्नबाट उत्पादन गरिने जाडँ नै वाइन हो । तर, वाइन अन्नबाट उत्पादन नगरी फलफूलको रसबाट बनाइन्छ । नेपालमा बन्ने गरेका वाइन स्याउ, अङ्गुर, चुत्रो, तीतेपाती, ऐँसेलु आदिबाट बनाइन्छ । जाँड र यसमा के फरक छ भने जाँड कलिलो समयमै खाइन्छ भने यसलाई प्रशोधन गर्न केही समय लाग्छ । विदेशीहरूले आफ्नो प्रभुत्व जमाउनका लागि वाइन अङ्गुरबाट मात्र बन्छ भन्ने गरेका पनि छन् । तर त्यसो होइन, वाइन फलफूलको रसबाट बन्ने गर्छ । फलफूल जुनसुकै पनि हुन सक्छ । विदेशमा अङ्गुरको रसमा मर्चा राखेर वाइन बनाइन्छ भने हामीले पनि फलफूलको रसमा मर्चा राखेर बनाउँछौं ।
नेपालमा प्रचलित वाइनहरु निम्नानुसार छन् ।
अकिरा वाइन रेड र व्हाइट ७५० मिलि बाेटल र ४ लिटर प्याकमा उपलब्ध
सबमरिन वाइन रेड र व्हाइट ७५० मिलि बाेटल र ४ लिटर प्याकमा उपलब्ध