विकिपिडिया:स्रोत उल्लेख
From Wikipedia, the free encyclopedia
सन्दर्भ सामग्री वा स्रोत वा References भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
कुल मिलाएर भन्दा: विकिपिडियाका लेखहरूमा भरपर्दाे स्रोतबाट सन्दर्भ सामग्री जोड्नु पर्नेछ । यसले लेखमा भएका जानकारी ठीक भएको कुरा प्रस्ट्याउन मदत गर्दछ । |
सन्दर्भ सामग्रीको उदाहरण:
श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५