विज्ञान
अध्यन र ज्ञान / From Wikipedia, the free encyclopedia
विज्ञान व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, वा कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।