समाज
From Wikipedia, the free encyclopedia
समाज भनेको यस्तो समूह वा सङ्गठन हो जसमा धेरै मानिसहरूले नियमहरूको स्थापित गरी सँगै बस्नका लागि उपयुक्त वातावरण सिर्जना गर्दछन्। मानिसको सन्दर्भमा, धेरै मानिसहरूले लिखित वा अलिखित नियमहरू बनाउछन् भने यस्तो बसोबासलाई समाज भनिन्छ। मानवको अतिरिक्त निम्न स्तरका जनावरहरूको हकमा पनि समाज अस्तित्वमा रहेतापनि यस्तो समाज मानवको जस्तो संरचित हुँदैन। एकभन्दा धेरै मानिसहरूको समुदाय रहने समाजले एउटै रहन-सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई पनि बुझाउँछ। समाज व्यक्ति व्यक्ति बिचको सम्बन्ध कायम गर्ने स्थल हो। व्यक्ति र समाजका बिच अन्योन्याश्रित सम्बन्ध रहँदै आएको हुन्छ। यसले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका सङ्घ, संस्थालाई पनि बुझाउने गर्दछ। समाजमा सदस्यहरू बीच पारस्परिक मित्रता, सहयोग, भावनात्मक सम्बन्धि रहेतापनि यसमा घृणा, लोभ, ईर्ष्या पनि उत्पन्न हुनसक्छ। तसर्थ, समाजमा सुव्यवस्था कायम गर्ने हितमा अधिकांश अवस्थामा केही नियमहरू अलिखित बनाइन्छ। अधिकांश अवस्थामा जसको उल्लङ्घन अत्यन्त अपमानजनक र समाजको नजरमा दण्डनीय हुन्छ। तर निस्सन्देह, सुन्दर र निष्पक्ष सामाजिक प्रणालीको लागि सद्भाव र सहयोगको नितान्त आवश्यक रहेको हुन्छ।
जर्मन समाजशास्त्री म्याम्स वेबरले समाजलाई सामाजिक सम्बन्धको जालोको रूपमा अर्थ्याएका छन्। समाज विषयबारे अध्ययन गर्ने शास्त्रलाई समाजशास्त्र भनिन्छ।