इक्वेडर राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
इक्वेडर राष्ट्रिय फुटबल टोली (स्पेनी: Selección nacional de fútbol de Ecuador) (उच्चारण:सेलेक्स्योन नास्योनाल दे फुटबोल दे एक्वादोर) ले सन् १९३८ देखि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इक्वेडरको प्रतिनिधित्व गर्दछ। यो इक्वेडर फुटबल सङ्घ (Federación Ecuatoriana de Fútbol (उच्चारण: फेदेरास्योन एक्वातोरियाना दे फुतबोल) को नियन्त्रणमा रहेको छ।[2] यो सन् १९२६ मा, फिफा र पछि दक्षिण अमेरिकी फुटबल सङ्घमा आबद्ध भएको थियो। हालसम्म, यस राष्ट्रिय टोलीका अन्तर्राष्ट्रिय खेलहरूमा सर्वाधिक धेरै उपस्थिति जनाएका खेलाडी इबान उर्तादो हुन् जसले हालसम्म १६८ पटक राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन्।[3]
उपनाम(हरू) | La Tri | ||
---|---|---|---|
सङ्गठन | फेदेरास्यो एक्वातोरिआना दे फुतबोल | ||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | ||
प्रमुख प्रशिक्षक | गुस्ताबो आल्फारो | ||
कप्तान | आन्तोनिओ बालेन्सेआ | ||
सर्वाधिक उपस्थिति | इबान उर्तादो (१६८) | ||
सर्वाधिक गोलकर्ता | आगुस्तिन देलेगादो एन्नेर बालेन्सिआ (३१) | ||
गृह रङ्गशाला | एस्तादो रोद्रिगो पास देलेगादो | ||
फिफा कोड | ECU | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३६ २ (२६ October २०२३)[1] | ||
उच्च वरीयता | १० (जुलाई २०१२) | ||
निम्न वरीयता | ७१ (नोभेम्बर २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बोलिभिया १–१ इक्वेडर (बोगोता, कोलोम्बिया;८ अगस्त १९३८) | |||
ठूलो विजय | |||
इक्वेडर ६–० पेरू (क्वेतो, इक्वेडर; २२ जुन १९७५) | |||
ठूलो हार | |||
अर्जेन्टिना १२–० इक्वेडर (मोन्तेभिदेओ, उरुग्वे; २२ जनवरी १९४२) | |||
विश्वकप | |||
उपस्थिति | ३ (पहिलो खेल २००२) | ||
उत्कृष्ट नतिजा | दोस्रो चरण (सन् २००६) | ||
कोपा अमेरिका | |||
उपस्थिति | २८ (पहिलो खेल १९३८) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान (सन् १९५९), (सन् १९९३) | ||
कनकाकाफ गोल्ड कप | |||
उपस्थिति | १ (पहिलो खेल सन् २००२) | ||
उत्कृष्ट नतिजा | समूह चरण (सन् २००२) |
उरुग्वेमा सम्पन्न प्रथम फिफा विश्वकपको उद्घाटनमा भाग लिन आमन्त्रित गर्दा अस्वीकार गरेको इक्वेडरले सन् २००२ सम्म प्रतियोगितामा प्रवेश पाउन सकेको थिएन। ब्राजिल र उरुग्वेलाई पछि पार्दा, विश्वकप छनोट अभियानमा आगुस्तिन देलादो , आलेक्स आगिनागा, इबान उर्तादो , उलिसेस दे ला क्रुस र इबान काबिएदेस जस्ता खेलाडीहरू अगाडि आएका थिए जसले अर्को दशकमा इक्वेडर गरेको उपलब्धिहरूका लागि भागिदार थिए।[4] सन् २००६ को यादगार विश्वकप अभियानमा दोस्रो चरणमा पुगेको टोलीलाई सन् २००७ को कोपा अमेरिकामा राम्रो प्रदर्शनको अपेक्षा गरिएको थियो तथापि, टोली समूह चरणबाटै बाहिरिएको थियो। भेनेजुएलाको साथ, टोलीले हालसम्म कुनैपनि महाद्वीपीय प्रतियोगिता जित्न सकेको छैन।उनीहरूको सबैभन्दा राम्रो प्रदर्शन सन् १९५९ र सन् १९९३ को दक्षिण अमेरिकी फुटबल प्रतियोगिताको चौथो स्थान सम्म पुग्नु थियो जहाँ उनीहरूले दुबै प्रतियोगिताहरू आफ्नै देशमा आयोजना गरेका थिए। इक्वेडरको राष्ट्रिय फुटबल टोलीले, उनीहरूको अधिकांश खेल, राजधानी क्वेतो स्थिति एस्तादियो ओलिम्पिको आतावाल्पामा खेल्दछ जसको स्थापना सन् १९५१ मा भएको थियो। यसको प्रारम्भिक दर्शक क्षमता ४५,००० रहेता पनि यसलाई पछि, ३५,७२४ मा, घटाइएको थियो।[5]
सन् १९८८ मा, दुसान द्रास्कोभिच राष्ट्रिय टोलीमा आबद्ध भएसँगै टोली सुधार तर्फ उन्मुख भएको थियो जहाँ यसले सन् १९९३ को कोपा अमेरिकामा चौथो स्थान हासिल गर्न सफल भएको थियो। यो दक्षिण अमेरिकी छनोट खेलमा, दोस्रो स्थान प्राप्त गरेसँगै टोली, सन् २००२ मा पहिलोपटक फिफा विश्वकपमा सहभागी भएको थियो।[6]
विश्वकपामा, प्रदर्शन गरेको टोलीले समूह चरणको दोस्रो खेल गुमाउन पुगेको थियो जहाँ यसले पहिलो खेल इटाली र दोस्रो खेल मेक्सिकोको विरुद्धमा खेलेको थियो। टोलीले एदिसोन मेन्देसको गोलमा, क्रोएसिया विरुद्ध जित दर्ता गरेको थियो। सन् २००६ को विश्वकपको लागि छनोट चरणमा, यसले पोल्यान्ड र कोस्ता रिकालाई पराजित गरेको थियो। विश्वकपमा छनोट भएको टोली दोस्रो चरण सम्म पुगेको थियो जहाँ यसले अत्यन्तै विवादास्पद खेलमा, इङ्ल्यान्ड विरुद्ध खेल गुमाउन पुगेको थियो