एअर इन्डिया
From Wikipedia, the free encyclopedia
एअर इन्डिया भारतको ध्वजावाहक विमानसेवा हो जसको प्रधान कार्यालय नयाँ दिल्लीमा रहेको छ।[9] भारत सरकारको लगानी र स्वामित्व रहेको एअर इन्डिया लिमिटेडद्वारा सञ्चालित यस विमानसेवाले एअरबस र बोइङ विमानहरूद्वारा १०२ आन्तरिक र बाह्य गन्तव्यमा उडान भर्दै आएको छ। यो विमानसेवाको केन्द्रीय विमानस्थल इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ भने यसले भारतको विभिन्न सहरहरूमा केन्द्रित रहेर सेवा दिने गरेको छ। एअर इन्डिया १८.६% बजार हिस्सेदारीका साथ भारतबाहिर सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमान सेवा हो।[10] चारवटा महादेशको ६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा यो विमानसेवा कम्पनीले सेवा दिइरहेको छ। सन् २०१४ जुलाई ११ मा यो विमानसेवा स्टार अलायन्सको २७औँ सदस्य बनेको थियो।
छरितो तथ्यहरू आइएटिए, आइसिएओ ...
| |||||||
स्थापना | सन् १९३२ अक्टोबर १५ (टाटा एअरलाइन्सको रूपमा) | ||||||
---|---|---|---|---|---|---|---|
उडान आरम्भ | २९ जुलाई १९४६; ७७ वर्ष पहिले (१९४६-०७-29)[3] | ||||||
केन्द्रीय विमानस्थल | इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (दिल्ली) | ||||||
सहायक विमानस्थल | छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल (मुम्बई) | ||||||
केन्द्रित सहरहरू |
| ||||||
बारम्बार उडान कार्यक्रम | फ्लाइङ्ग रिटर्नस | ||||||
गठबन्धन | स्टार अलायन्स | ||||||
सहायक कम्पनीहरू |
| ||||||
उडान आकार | १२७ (सहायक कम्पनी बाहेक) | ||||||
गन्तव्यहरू | १०२ | ||||||
अभिभावक सङ्गठन | एअर इन्डिया लिमिटेड | ||||||
प्रधान कार्यालयहरू | एअरलायन्स हाउस, दिल्ली, भारत[4] | ||||||
प्रमुख व्यक्ति |
| ||||||
राजश्व | ₹२३९ बिलियन (युएस$३.४ बिलियन) (आ.व. सन् २०१७–१८)[6] | ||||||
सञ्चालन आमदानी | ₹२.९८ बिलियन (युएस$४२ मिलियन) (आ.व. सन् २०१६–१७)[7] | ||||||
खुद आयस्रोत | ₹−५३.४८ बिलियन (युएस$−७५० मिलियन) (आ.व. सन् २०१७–१८)[6] | ||||||
कुल सम्पति | ₹५१९.९ बिलियन (युएस$७.३ बिलियन) (सन् २०१७–१८)[8] | ||||||
कुल सेयर पुँजी | ₹२४८.९३ बिलियन (युएस$३.५ बिलियन) (सन् २०१७–१८)[8] | ||||||
कामदारहरू | २०,९५६ (सन् २०१६ नोभेम्बर ) | ||||||
वेबसाइट | www |
बन्द गर्नुहोस्