पूर्वी पाकिस्तान
From Wikipedia, the free encyclopedia
पूर्व पाकिस्तान (बङ्गाली: পূর্ব পাকিস্তান, पूर्बो पाकिस्तान; उर्दु: : مشرقی پاکستان, मशरिकी पाकिस्तान), एक इकाई व्यवस्था अन्तर्गत तत्कालीन पाकिस्तानको पूर्वी इकाई वा भाग थियो। यो हाल बङ्गलादेशको स्थानमा सन् १९५५ देखि सन् १९७१ सम्म विद्यमान रहेको थियो। यसको राजधनी ढाका र राष्ट्रियभाषा बङ्गाली थियो। पूर्व पाकिस्तानको कुल क्षेत्रफल १,४७,५७० वर्ग किलोमिटर रहेको थियो। यो क्षेत्रको पूर्व उत्तर र पश्चिममा भारत र दक्षिणमा बङ्गालको खाडीको रहेको थियो। यसको साथसाथै यसको पूर्वी भूभागको सीमाले छिमेकी देश बर्मालाई छोएको थियो। यो पाकिस्तानको सबैभन्दा ठूलो क्षेत्रको रूपमा स्थापित भएको थियो भने अर्थव्यवस्था, राजनैतिक प्रतिनिधित्व र जनसङ्ख्याको आधारमा पूर्व पाकिस्तान तत्कालीन पाकिस्तानको सबै ठूलो राज्य बनेको थियो। सन् १९७१ डिसेम्बर १६ का दिन ९ महिनापछि समाप्त भएको स्वतन्त्रता युद्धमा विजय हासिल गरेपछि एक नयाँ सार्वभौम राष्ट्रको रूपमा बङ्गलादेशको उदय भऐको थियो। [1]
পূর্ব পাকিস্তান مشرقی پاکستان | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
सन् १९५५–१९७१ | |||||||||
वस्तु-स्थिति | पाकिस्तानको पूर्वी भाग | ||||||||
राजधानी | ढाका | ||||||||
आम भाषाहरू | बङ्गाली (सरकारी) बिहारी भाषा उर्दू अङ्ग्रेजी | ||||||||
धर्म | इस्लाम | ||||||||
सरकार | समाजतान्त्रिक राष्ट्र (सन् १९५५–१९५६) राष्ट्रपतिशासित प्रजातन्त्र (सन् १९६०–१९६९) सैन्य एकनायकतन्त्र (১৯৬৯–১৯৭১) | ||||||||
प्रशासक | |||||||||
• सन् १९६०–१९६२ | मुहाम्मद आजम खान | ||||||||
• सन् १९६२–१९६९ | आब्दुल मोनेम खान | ||||||||
• सन् १९६९–१९७१ | सैयद मुहाम्मद आहसान | ||||||||
• सन् १९७१ | आमिर आबदुल्लाह खान नियाजी | ||||||||
मुख्यमन्त्री | |||||||||
• सन् १९५५–१९५६, १९५८ | आबु हुसाइन सरकार | ||||||||
• सन् १९५६–१९५८ | आताउर रहमान खान | ||||||||
गभर्नर | |||||||||
• सन् १९५५–१९५६ | आमिरउद्दिन आहमेद | ||||||||
• सन् १९५६–१९५८ | आबुल काशेम फजलुल हक | ||||||||
• सन् १९५८–१९६० | जाकिर हुसाइन | ||||||||
व्यवस्थापिका | ऐनपरिषद् | ||||||||
ऐतिहासिक काल | स्नायुयुद्ध | ||||||||
• प्रतिष्ठा | सन् १९५५ | ||||||||
• एक इकाई | २२ नोभेम्बर १९५४ | ||||||||
२२ मार्च १९७१ | |||||||||
• सन् १९७१ को भारत पाकिस्तान युद्ध | ३ डिसेम्बर १९७१ | ||||||||
• विलुप्ती | १६ डिसेम्बर १९७१ | ||||||||
क्षेत्रफल | |||||||||
१,४७,५७० किमी२ (५६,९८० वर्ग माइल) | |||||||||
मुद्रा | पाकिस्तानी रुपी | ||||||||
| |||||||||
अचेल | बङ्गलादेश |
बेलायती शासनको समयमा सुरु गरिएको जमिन्दार प्रणालीलाई भूमि सुधार नीति अन्तर्गत सन् १९५० मा समाप्त गरिएको थियो तर पूर्व पाकिस्तानको आर्थिक तथा जनसाङ्ख्यिकीय महत्वको बाबजुद पनि पाकिस्तान सरकार र सेना पश्चिम पाकिस्तानको पूर्ण नियन्त्रणमा रहेको थियो। सन् १९५२ को भाषा आन्दोलनले पाकिस्तानको दुई पाटाहरूको बीच सङ्घर्षको पहिलो सङ्केत दिएको थियो। त्यसको अघिल्लो दशकमा पूर्व पाकिस्तानका बासिन्दाहरूले केन्द्र सरकारको आर्थिक तथा साँस्कृतिक पहलहरूको विरुद्धमा विरोध गर्न सुरु गरेका थिए। पश्चिम पाकिस्तानको प्रभाव र सत्तावादी धारणको विरुद्ध पहिलो कदम मओलाना भासानीको नेतृत्वमा आवामी मुस्लिम लिगको स्थापनाको साथ भएको थियो जसको स्थापना सन् १९४९ मा भएको थियो। सन् १९५४ को संयुक्त मोर्चका चुनावहरूमा विजय र सन् १९६५ को राष्ट्रपतीय चुनावमा पाकिस्तानको सैन्य प्रशासक जनरल अयुब खानलाई पराजित गर्ने उद्देश्यका साथ गठबन्धन विपक्षी दलको गठन भएको थियो। पछि पाकिस्तानी सैन्य शासनमा पूर्व पाकिस्तानी राजनेताहरूको नेतृत्वमा भएको आन्दोलनमा एक उपलब्धि बनेको थियो। सन् १९५० को दशकमा मध्यबाट पूर्व पाकिस्तानको स्वतन्त्रताको प्रश्न उठ्न सुरु भएको थियो। बङ्गाली राष्ट्रवादको अवधारणाले सन् १९६० को दशकको मध्यमा आकार लिन सुरु गरेको थियो। सन् १९६९ मा घटेको आगरतला षड्यन्त्र मामिलालाई पूर्व पाकिस्तानलाई पश्चिम पाकिस्तानबाट छुट्टाउने अभियोगका साथ दायर गरिएको थियो। सन् १९६९ मा अयुब खानको पतन भएपछि पनि सैन्य शासन जारीनै रहेको थियो। सन् १९७० मा आम निर्वाचनको आयोजना गरिएको थियो। जसमा आवामी लिगले निर्वाचन लडेको थियो भने यस दलले पाकिस्तानमा एक बहुमत हासिल गर्न सफल भएको थियो। आम निर्वाचनमा बहुमत प्राप्त गर्दै निर्वाचनमा जित हासिल गरेतापनि पश्चिम पाकिस्तानी राजनेताहरूको षड्यन्त्रका कारण राष्ट्रपति याह्या खानले शेख मुजिबुर रहमानलाई सत्ता हस्तान्तरण गर्नबाट रोक लगाएका थिए।