ढाका
बंगलादेशको राजधानी र सबैभन्दा ठूलो शहर / From Wikipedia, the free encyclopedia
ढाका (बङ्गाली: ঢাকা) बङ्गलादेशको राजधानी हो । यो सहर बुढी गङ्गा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो सहर हो । राजधानी हुनु बाहेक यो बङ्गलादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रूपमा धान, उखु तथा चियाको व्यापार गरिन्छ । ढाकाको जनसङ्ख्या लगभग १.४३ करोड रहेको छ जुन कि विश्व कै सहरहरू मध्येको ११औँ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई विश्वमा मस्जिदको सहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस सहरलाई १७औँ शताब्दीमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो । यो सहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी थियो र यहाँ निर्मित हुने मखमलको व्यापारमा यस सहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकास ब्रिटिश शासनको समयमा १९औं शताब्दीमा भयो र यस सहरले छिट्टै भारतको कोलकाता पछि पुरै बङ्गालको दोस्रो ठुलो सहरको रूपमा विकसित भयो ।
ढाका
ঢাকা | |
---|---|
राजधानी तथा महानगरपालिका | |
ढाका सहरका सम्पदाहरू
| |
उपनाम: मस्जिदको सहरसँगै विश्व रिक्साको राजधानी | |
देश | बङ्गलादेश |
प्रान्त | ढाका प्रान्त |
जिल्ला | ढाका जिल्ला |
स्थापना | १६०८ |
सहरको लागि प्रस्तावित | सन् १९४७ |
क्षेत्रफल | |
• राजधानी तथा महानगरपालिका | ३०६.३८ किमी२ (११८.२९ वर्ग माइल) |
• पानी | ४८.५६ किमी२ (१८.७५ वर्ग माइल) |
• महानगर | २१६१.१७ किमी२ (८३४.४३ वर्ग माइल) |
उन्नतांश | ४ मिटर (१३.१२ फिट) |
जनसङ्ख्या (२०१३)[2] | |
• राजधानी तथा महानगरपालिका | १४३९९००० |
• घनत्व | ४५०००/किमी२ (११५२००/वर्ग माइल) |
• महानगर | ७०००९४० (२००८) |
• साक्षरता दर | ७२.७६% |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेश समय) |
हुलाक कोड | १०००, ११००, १२xx, १३xx |
राष्ट्रिय टेलिफोन कोड | +८८० |
फोन कोड | ०२ |
कुल घरेलु उत्पादन (२०१३ ) | $१४० बिलियन[3] |
वेबसाइट | आधिकारिक ढाका वेबसाइट |
भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बङ्गलादेश एउटा स्वतन्त्र राष्ट्रको रूपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) सहर नभएर बङ्गलादेशको सहरहरूमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने सहर पनि हो । तथापि आधुनिक ढाकाको सहरी आधारभूत ढाँचा देशको सबैभन्दा विकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरू यस सहरको लागि ठुलो चुनौती रहेको छ । सम्पूर्ण देशवाशीहरूको ढाकामा बसाई सर्ने प्रवृति पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रूपमा लिइदै आएको छ ।