हेनरी किसिन्जर
From Wikipedia, the free encyclopedia
हेनरी किसिन्जर (मे २७, १९२३ – नोभेम्बर २९, २०२३) एक अमेरिकी कूटनीतिज्ञ, राजनीतिक वैज्ञानिक, भूराजनीतिक सल्लाहकार, र राजनीतिज्ञ जसले रिचर्ड निक्सन र गेराल्ड फोर्डको राष्ट्रपति प्रशासन अन्तर्गत संयुक्त राज्य विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए।[1] हेनरी किसिन्जर राष्ट्रपति रिचार्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। किसिङ्गरले भियतनाम मा युद्धविराम वार्ता गर्ने कामको लागि १९७३ नोबेल शान्ति पुरस्कार प्राप्त गरे। [2]
हेनरी किसिन्जर | |
---|---|
५६औँ अमेरिकी परराष्ट्रमन्त्री | |
कार्यकाल २२ सेप्टेम्बर १९७३ – २० जनवरी १९७७ | |
राष्ट्रपति | रिचार्ड निक्सन जेराल्ड फोर्ड |
सहायक | केनेथ रस रोबर्ट एस इङ्गरसोल चार्ल्स डब्ल्यु रोबिन्सन |
पूर्वाधिकारी | विलियम पि रजर्स |
उतराधिकारी | साइरस भ्यान्स |
८ अमेरिकी राष्ट्रिय सुरक्षा परामर्शक | |
कार्यकाल २० जनवरी १९६९ – ३ नोभेम्बर १९७५ | |
राष्ट्रपति | रिचार्ड निक्सन जेराल्ड फोर्ड |
पूर्वाधिकारी | वाल्ट रोस्टो |
उतराधिकारी | ब्रेन्ट स्कोक्रफट |
व्यक्तिगत विवरण | |
जन्म | हेइन्ज अलफ्रेड किसिन्जर (1923-05-27) मे २७, १९२३ (उमेर १००) बाभारिया, जर्मनी |
राजनीतिक दल | रिपब्लिकन |
जीवन साथी(हरू) | आन फ्लेइसर (सन् १९४९-६४) न्यान्सी किसिन्जर (सन् १९७४-हाल) |
मातृ शिक्षाप्रतिष्ठान | सिटी कलेज अफ न्युयोर्क हार्भड विश्वविद्यालय |
जीवनवृति | कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, व्यवसायी |
हस्ताक्षर | |
सैन्य सेवा | |
शाखा/सेवा | अमेरिकी सेना |
श्रेणी | सर्जेन्ट |
किसिन्जरको जन्म जर्मनीमा भएको थियो। उनी सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्रीको रूपमा सेवा गरेका थिए। चीनसँग सम्बन्ध विस्तारका लागि उनी सन् १९७१ मा पाकिस्तानको रावलपिन्डीबाट चीन गएका थिए भने यस घटनालाई “पिङपङ कूटनीति” भनिन्छ।[3] उनले भियतनाममा युद्धविराम वार्ताको लागि सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।
किसिङ्गरको १०० वर्षको उमेरमा नोभेम्बर २९, २०२३ मा केन्ट, कनेक्टिकटमा उनको घरमा मृत्यु भयो।[4][5][6]