नाफ्ताली बेनेट
इजरायली प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
नाफ्ताली बेनेट (यहूदी: נַפְתָּלִי בֶּנֶט, आइपिए: [naftaˈli ˈbenet]; जन्म: सन् १९७२ मार्च २५) एक इजरायली राजनीतिज्ञ र इजरायलको वर्तमान प्रधानमन्त्री हुन्। उनले सन् २०१३ देखि सन् २०१९ सम्म प्रवासी मामिला मन्त्री र सन् २०१९ देखि सन् २०२० सम्म रक्षा मन्त्री भएर काम गरेका थिए। उनले सन् २०१८ देखि न्यु राइट पार्टीको नेतृत्व गरिरहेका छन्। यस अघि उनले सन् २०१२ देखि सन् २०१८ सम्म द ज्युज होम पार्टीको नेतृत्व गरेका थिए।[1]
नाफ्ताली बेनेट | |
---|---|
इजरायलका प्रधानमन्त्री | |
पद बहाली १३ जुन २०२१ | |
राष्ट्रपति | रिउभेन रिभ्लिन |
वैकल्पिक | यायर लापिड |
पूर्वाधिकारी | बेन्जामिन नेतन्याहु |
मन्त्री | |
२०१३-२०१५ | अर्थमन्त्री |
धार्मिक सेवा मन्त्री | |
२०१३-१०१९ | डायस्पोरा मामिला मन्त्री |
२०१५-२०१९ | शिक्षा मन्त्री |
२०१९-२०२० | रक्षा मन्त्री |
Faction represented in the Knesset | |
२०१३-२०१८ | द जेविस होम |
२०१८-२०१९ | न्यु राइट |
२०१९ | यामिना |
२०१९-२०२० | न्यु राइट |
२०२०-हालसम्म | यामिना |
व्यक्तिगत विवरण | |
जन्म | (1972-03-25) २५ मार्च १९७२ (उमेर ५२) Haifa, इजरायल |
राजनीतिक दल | न्यु राइट (२०१८-हालसम्म) |
अन्य राजनीतिक संलग्नता |
|
जीवन साथी | Gilat Bennett ( वि १९९९) |
सन्तान(हरू) | ४ |
निवास(हरू) | Ra'anana, इजरायल |
मातृ शिक्षाप्रतिष्ठान | जेरुसेलम हिब्रु विश्वविद्यालय |
पेशा |
|
वेबसाइट | naftalibennett |
सैन्य सेवा | |
शाखा/सेवा | इजरेली डिफेन्स फोर्स |
सेवाको वर्षहरू | १९९०-१९९६ |
श्रेणी | इजरेली डिफेन्स फोर्स (मेजर) |
एकाइ |
|
लडाई/युद्धहरू |
|
उनले सन् २००६ मा राजनीतिमा प्रवेश गरेका थिए र बेन्जामिन नेतन्याहुका लागि सन् २००८ सम्म प्रमुख अधिकारीको रूपमा काम गरेका थिए। सन् २०११ मा, आइलेट सेक्डसँगै, उनले माइ इजरायल एक्स्ट्रा संसदीय आन्दोलनको सह-स्थापना गरेका थिए।[2] सन् २०१२ मा, बेनेट 'द यहूदी होम पार्टी'को शीर्ष नेताको रूपमा निर्वाचित भएका थिए। सन् २०१३ नेसेटको चुनावमा, बेनेटको नेतृत्वमा पहिलो पटक निर्वाचन लडेको द ज्युज होम पार्टीले १२० मध्ये १२ सिट जितेको थियो।[3] उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मातहतमा सन् २०१३ देखि सन् २०१५ सम्म अर्थ तथा धार्मिक सेवा मन्त्री, सन् २०१५ देखि सन् २०१८ सम्म शिक्षा मन्त्री भएर काम गरेका थिए। सन् २०१८ डिसेम्बरमा उनी 'द ज्युज होम'बाट छुट्टिएर 'न्यु राइट पार्टी'को गठन गरेका थिए।[4]
सन् २०२१ जुन २ मा बेनेटले आठ दलको गठबन्धन घोषणा गरेका थिए। उनले यायर ल्यापिडसँग एउटा गठबन्धन सम्झौतामा हस्ताक्षर गरेका थिए जस अनुसार बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने लिपिड त्यसपछि सन् २०२५ सम्म प्रधानमन्त्री पद सम्हाल्नेछन्।[5]