नेपाली
नेपालका नागरिक तथा व्यक्ति / From Wikipedia, the free encyclopedia
नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो।[2] नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैर नागरिक नेपाली (जस्तै अनाथ नागरिकता विहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।
अन्य प्रयोगको लागि, नेपाली (स्पष्टता) हेर्नुहोस्।
छरितो तथ्यहरू जम्मा जनसङ्ख्या, उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू ...
जम्मा जनसङ्ख्या | |
---|---|
३ करोड | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | २९,५१९,११४ |
भारत | २,९२६,१६८ |
अमेरिका | ५९,४९० |
चीन | ३,५०० |
हङकङ | १५,९५० |
भुटान | २६५,००० |
क्यानडा | १७,१४० |
नेदरल्यान्ड्स | २,१९९ [1] |
भाषाहरू | |
नेपालमा बोलिने भाषाहरू नेपालका आधिकारिक भाषाहरू | |
धर्महरू | |
हिन्दु धर्म, बुद्ध धर्म, ईसाई धर्म, इस्लाम धर्म |
बन्द गर्नुहोस्