युइएफए राष्ट्र लिग
From Wikipedia, the free encyclopedia
युइएफए राष्ट्र लिग एक प्रत्येक दुई दुई वर्षको अन्तरालमा सञ्चालन हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। प्रतियोगितालाई युरोप फुटबलको नियमनकारी निकाय युरोपेली फुटबल महासङ्घले सञ्चालन गर्ने गर्दछ।[2][3]
स्थापना | २०१८; ६ वर्ष अघि (२०१८) |
---|---|
क्षेत्र | युरोप |
समूह सङ्ख्या | ५५ |
वर्तमान विजेता | पुर्तुगाल (प्रथम उपाधि)[1] |
सबैभन्दा सफल टोली | पुर्तुगाल (प्रथम उपाधि)[1] |
टेलिभिजन सहयोगी | प्रसारकहरूको सूची |
वेबसाइट | आधिकारिक वेबसाइट |
सन् २०२०–२१ युइएफए राष्ट्र लिग |
प्रतियोगिताको पहिलो संस्करण सेप्टेम्बर २०१८ मा, २०१८ फिफा विश्वकपको समाप्ति पछि लगत्तै सुरु भएको थियो।[4][5] प्रतियोगिताको पहिलो संस्करणमा चार विभागहरू रहेका थिए जसमा पहिलो दुईमा १२ टोलीहरू, तेस्रोमा १५ र चौथो र तथा अन्तिम बाँकी १६ देशका प्रतिनिधि राष्ट्रिय टोलीहरू रहेका थिए।[6] यसरी यसले युरोपेली फुटबल महाङ्घका सबै ५५ वटा राष्ट्रहरू समावेश गरेको थियो। समूह चरणमा प्रति समूह चार टोलीहरू हुन्छन्।[7][8] प्रतियोगितामा सबै राष्ट्रहरूले सबै राष्ट्रका प्रतिनिधि टोलीहरूको सामना गर्दछन्। प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने चार टोलीहरू युइएफए युरो कपका लागि स्वत रूपमा छनोट हुन्छन्।[9] प्रतियोगिताले फिफाको अन्तर्राष्ट्रिय खेल पात्रो अनुसार सञ्चालन हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई पूर्णरूपमा प्रतिस्थापन गरेको थियो।